IME Life New

मासिक रु ५ लाख कमाउनेलाई एमबिए पढ्न नेपाल लाइफले किन दियो रु‍‍‌‌. ५ लाख चन्दा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमित कयाल नेपाल लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । उनले तलब वापत नेपाल लाइफबाट मासिक करिब ५ लाख रुपैयाँ भुक्तानी लिन्छन् । मासिक ५ लाख रुपैयाँ अर्थात् ३० दिनले भाग लगाउने हो भने उनको दैनिक तलब रु १६-१७ हजार भन्दा माथि हुन आउँछ ।

वर्ष दिनमा तलब सुविधावापत कम्तीमा पनि ६०-६५  लाख रुपैयाँ भुक्तानी लिने तिनै कयाल नेपाल लाइफसँग पैसा लिएर व्यवस्थापनमा एमबिए अर्थात् स्नातकोत्तर तहको पढाई पुरा गरेका छन् । कयालसँग उच्च शिक्षा अध्ययनका लागि पैसा नभएको भन्दै नेपाल लाइफको सञ्चालक समितिले उनलाई ५ लाख १२ हजार रुपैयाँ पढाई खर्चवापत  भुक्तानी दिएको थियो । कर्मचारीलाई औपचारिक उच्च शिक्षा अध्ययनका लागि खर्च रकम दिने नियम र कार्यविधि नबन्दै सञ्चालक समिति अध्यक्ष गोविन्द संघईको कृपामा कयालले यति धेरै रकम पढाई खर्चवापत पाएका हुन् ।

Esewa
Crest

नेपाल लाइफले अमित कयाललाई एमबिए पढ्न दियो ५ लाख १२ हजार, ‘पैसा दिए पछि बल्ल कार्यविधि’

कयालको एक महिनाको तलबबाट नै उनको पढाई खर्चवापतको रकम धान्न पर्याप्त हुने अवस्था हुँदा हुँदै पनि नेपाल लाइफको सञ्चालक समितिले विशेष कृपा गर्दै उनलाई उच्च शिक्षा अध्ययनका लागि पैसा दियो । कम्पनीबाट पाएको पैसा खर्चिएर उनले पढाई पुरा गरे र केही समय अघि सोल्टीमोडस्थित पाँच तारे होटल सोल्टीमा लर्ड बुद्ध एजुकेशन फाउन्डेसनद्वारा आयोजित दीक्षान्त समारोहमा एमबिए उतीर्णको प्रमाण पत्र लिए ।

पब्लिकको पैसामा आफ्ना मान्छे पोस्दै नेपाल लाइफका सञ्चालक, कयालको तलब २ लाखबाट साढे चार लाख पुग्यो

भारतमा सिए अध्ययन पुरा गरेका कयाल नेपाल लाइफमा नियुक्ति हुँदा नै उनको शैक्षिक योग्यता अपर्याप्त रहेको थियो । बीमकको संस्थागत सुशासन निर्देशिका २०७५ ले निर्धारण गरेको योग्यता नपुगेका क्यालको नियुक्ति कुनै पनि बेला अवैध ठहरिन सक्ने डरले सञ्चालक समिति अध्यक्ष संघाईले उनलाई कम्पनीकै खर्चमा लर्ड बुद्ध एजुकेसन फाउन्डेशनमा भर्ना गराई दिएका थिए । शैक्षिक र व्यवसायीक योग्यता नपुगेको व्यक्तिलाई नियुक्त गरेको भन्दै नेपाल बीमा प्राधिकरणले कयालको नियुक्तिको विषयमा जरिवाना सहित कारवाही समेत गरेको थियो ।

नेपाल लाइफका बीमित तथा शेयरधनीले प्राधिकरणमा गरे उजुरी, कयालको नियुक्ति बदर र संचालक समिति निलम्बन गर्न माग

आम्दानी घटेको र जोखिम बढेको भन्दै नेपाल लाइफले बीमितले पाउने बोनश दर घटाई दिएको छ। आर्थिक वर्ष २०७७/७८ का लागि घोषित बोनश दर आर्थिक वर्ष २०७६/७७ को भन्दा पनि कम रहेको छ। बीमितलाई दिने बोनश दर घटाएको नेपाल लाइफले सञ्चालक समिति अध्यक्ष्य संघाईको गृह नगर वीरगन्जका कयाललाई उच्च शिक्षाका लागि ५ लाख १२ हजार रुपैयाँ पढाई खर्च दिनुको औचित्य कम्पनीले पुष्टी गर्न सक्नुपर्छ।

कयालको अवैध नियुक्तिको निरन्तरता अझैः

नेपाल बीमा प्राधिकरणले १४ माघ २०७८ मा प्रेस विज्ञप्ती जारी गर्दै बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ बमोजिमको अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रबन्धक पदमा नियुक्त गरेकोमा १० हजार रुपैयाँ नगद जरिवाना गरिएको जानकारी सार्वजनिक गरेको थियो । नियुक्ति नै अवैध ठहर गर्दै प्राधिकरणले जरिवाना समेत गरेकोमा नेपाल लाईफको संचालक समितिले सच्याउनुको साटो असोज १, २०७९ बाट उनलाई संचालक समितिले नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरिदिएको हो । शुरु नियुक्ति नै अवैध रहेको कयालको त्यसपछिका सबै बढुवा स्वतः अवैध हुन्छ। उनकै लागि बनाएको यो नियम पछि कसैले पढ्न पैसा पाएका छैनन् ।

नेपाल लाईफमा अमित कयालको गैर कानूनी रुपमा एकै पटक तीन तह बढुवा, प्राधिकरण बनिरहन्छ रमिते

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

13%
happy

खुसी

7%
sad

दु :खी

0%
amazed

अचम्मित

7%
excited

उत्साहित

73%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS