IME Life New

डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा दिनेश थकाली चयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको २१ औँ वार्षिक साधारणसभा आज कात्तिक १३ गते सम्पन्न भएको छ।

एसोसिएसनका कार्यवाहक अध्यक्ष दिनेश थकालीको अध्यक्षतामा सम्पन्न सभामा एसोसिएसनमा आबद्ध सदस्य विकास बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिति थियो। कार्यवाहक अध्यक्ष थकालीले पानसमा दीप प्रज्वलन गरी सभाको औपचारिक शुभारम्भ गरेका थिए।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०८२।८३ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२।८३ को आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरेको छ। यसका साथै आर्थिक वर्ष २०८३÷८४ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले पारित गरेको छ।

सभाले आगामी दुई वर्षको कार्यकालका लागि कार्यवाहक अध्यक्ष थकालीलाई एसोसिएसनको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको छ। अनुभवी चार्टर्ड एकाउन्टेन्ट तथा बैंकर थकालीले बैंकिङ क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै वित्तीय कार्यसम्पादन, संस्थागत सुधार, डिजिटल रुपान्तरण, जोखिम व्यवस्थापन तथा सुशासनलाई प्राथमिकता दिँदै दिगो बैंकिङ विकासमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्। सभाले निम्न कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) थकालीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमितिसमेत निर्विरोध चयन गरेको छ।

नयाँ कार्यमितिको उपाध्यक्षमा माधवप्रसाद उपाध्याय (सीईओ– गरिमा विकास बैंक), सचिवमा कपिल ढकाल (सीईओ– ज्योति विकास बैंक) र कोषाध्यक्षमा दिपेश लम्साल (सीईओ– महालक्ष्मी विकास बैंक) सर्वसम्मत भएका छन्।

यसैगरी समितिका सदस्यहरु तारा मानन्धर (सीईओ– मुक्तिनाथ विकास बैंक), सुमन आचार्य (सीईओ– लुम्बिनी विकास बैंक, रबिन सिजापति (सीईओ सांग्रिला डेभलपमेन्ट बैंक, हरिबहादुर बुढाथोकी (सीईओ– ग्रिन डेभलपमेन्ट बैंक र अनन्त कुमार चापागाईं (सीईओ– मितेरी डेभलपमेन्ट बैंक) चयन भएका छन्।

एसोसिएसनको नयाँ कार्यसमितिले निवर्तमान कार्यसमितिका पदाधिकारीहरुलाई आफ्नो कार्यकालमा एशोसिएसनको संस्थागत विकास, बैंकिङ क्षेत्रका साझा मुद्दाहरुको सम्बोधन तथा नीतिगत पैरवीलगायतका क्षेत्रमा पु¥याउनुभएको योगदानका लागि हार्दिक धन्यवाद व्यक्त गरेको छ। नवनियुक्त अध्यक्ष थकालीले एसोसिएसनले अघि बढाउँदै आएका विभिन्न पहल तथा विषयहरुलाई निरन्तरता दिँदै बैंकिङ क्षेत्रका समसामयिक मुद्दाहरुमा एसोसिएसनका गतिविधिहरुलाई प्रभावकारी रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

अध्यक्ष थकालीले सुशासन, जोखिम व्यवस्थापन, प्रविधि तथा मानव संसाधनको क्षमता अभिवृद्धि, डिजिटल रुपान्तरण, कर्जा गुणस्तर र असुली सुधार र सदस्य बैंकहरुबीच ज्ञान तथा उत्कृष्ट अभ्यासको आदानप्रदानमा जोड दिनुपर्ने आवश्यकता औँल्याए। उनले सम्पूर्ण सदस्य बैंक, नियामक निकाय तथा सरोकारवालाहरुप्रति धन्यवाद ज्ञापन गर्दै विकास बैंकहरुको हित प्रवर्द्धनका लागि निरन्तर क्रियाशील रहने बताए।

हाल सेवा प्रदान गरिरहेका १७ विकास बैंकमध्ये ८ राष्ट्रिय स्तरका र ९ क्षेत्रीयस्तरका छन्। विकास बैंकहरुले २०८३ साल असार मसान्तसम्म १ हजार ११२ शाखा र ३३६ एटीएममार्फत करिव ८० लाख ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउँदै आएका छन्। विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालले विकास बैंकहरुको साझा हित तथा बैंकिङ क्षेत्रको समग्र विकासलाई केन्द्रमा राख्दै नेपाल राष्ट्र बैंकलगायत विभिन्न नियामक निकाय तथा सम्बन्धित संस्थाहरुसँग निरन्तर समन्वय तथा सहकार्य गर्दै आएको छ।

त्यसैगरी एसोसिएसनले सदस्य बैंकहरुबीच सहकार्य, समन्वय तथा ज्ञान आदान–प्रदानलाई प्रवर्द्धन, साझा अजेन्डाको पहिचान तथा समस्याको सामूहिक समाधानका लागि निरन्तर पहल तथा समयसापेक्ष र सान्दर्भिक विषयहरुमा सदस्य बैंकहरुका लागि कार्यशाला आयोजना गर्दै आएको छ। प्रविधिमा आधारित समाधानमार्फत सदस्य बैंकहरुलाई सहजीकरण गर्ने उद्देश्यले डोमेस्टिक पीईपीहरु स्क्रिनिङ, नेभिगजेसन लिस्ट स्क्रिनिङ, एचआर एमआईएस, फाइनान्स एमआईएसलगायतका प्रणालीहरुको विकास तथा सञ्चालन गर्ने आदि कार्य पनि एशोसिएसनले गर्दै आएको छ।

एसोसिएसनले अघि बढाउँदै आएका सम्पूर्ण पहल तथा गतिविधिहरुलाई सफल बनाउन निरन्तर सहयोग, सहभागिता र विश्वास प्रदान गर्दै आएका सम्पूर्ण सदस्य बैंकहरुप्रति आभार व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS