काठमाडौं । पछिल्लो १० वर्षको वित्तीय विवरणअनुसार बैंकले आफ्ना लगानीकर्ताहरुलाई कुनै पनि वर्ष खाली हात नपठाई नियमित रुपमा बोनस शेयर र नगद लाभांश प्रदान गरिरहेको छ।
यस १० वर्षे अवधिमा बैंकले कुल २६८.५६ प्रतिशत लाभांश वितरण गरेको छ। जसमा १४४.६ प्रतिशत बोनस शेयर र १२३.९६ प्रतिशत नगद लाभांश सामेल छ।
वार्षिक औसतलाई हेर्दा बैंकले आफ्ना शेयरधनीहरुलाई प्रतिवर्ष औसत २६.८६ प्रतिशतका दरले (१४.४६ प्रतिशत बोनस र १२.४० प्रतिशत नगद) निरन्तर प्रतिफल दिँदै आएको देखिन्छ।
नबिल बैंकले आफ्नो वित्तीय अनुशासन, मजबुत व्यवस्थापन र पारदर्शितालाई पुनः प्रमाणित गर्दै नयाँ आर्थिक वर्ष सुरु भएको केही महिनाभित्रै अर्थात् असोज २२ गते नै आफ्नो आर्थिक वर्ष २०८२।८३ को वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ।













