काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले विगत १० आर्थिक वर्षमा आफ्ना शेयरधनीहरुलाई औसत ४२.६० प्रतिशतका दरले कुल ४२६ प्रतिशत लाभांश वितरण गरेको छ।
टेलिकमको लाभांश नीतिको मुख्य विशेषता नगद लाभांशमा प्राथमिकता दिनु रहेको देखिन्छ। जहाँ आर्थिक वर्ष २०७७।७८ मा दिइएको २० प्रतिशत बोनस शेयरबाहेक कम्पनीले नगद लाभांश मात्र प्रदान गरेको छ।
दशकभरको तथ्यांक केलाउँदा कम्पनीको लाभांश क्षमतामा भने क्रमिक गिरावट आएको स्पष्ट हुन्छ। आर्थिक वर्ष २०७३।७४ र २०७४।७५ मा ५५ प्रतिशतसम्म आकर्षक नगद लाभांश बाँडेको टेलिकमले पछिल्ला वर्षहरुमा भने प्रतिफल ३० प्रतिशतमा खुम्च्याएको छ। जुन विगत १० वर्षकै न्यून दर हो।













