काठमाडौं । नेपाली बजारमा सार्वजनिक भएको एक महिना नबित्दै LG Water Purifier उपभोक्ता माझ लोकप्रिय बनेको र उत्साहजनक बिक्रीसहित बजारमा राम्रो गति हासिल गरेको छ। उन्नत पानी शुद्धीकरण प्रविधि, गुणस्तरीय स्टेनलेस स्टिल ट्याङ्की र विशेष मर्मतसम्भार सुविधाको संयोजनले LG Water Purifier लाई प्रतिस्पर्धी बजारमा फरक पहिचान दिलाएको छ।
LG Water Purifier मा Sediment Filtration, Anti-Scalant Treatment, Carbon Filtration, Reverse Osmosis (RO) तथा Mineral Booster/Post-Carbon Filtration सहितको Multi-Stage Purification System रहेको छ, जसले पानीमा रहेका विभिन्न अशुद्धता हटाउन सहयोग गर्छ। यसको ८ लिटर क्षमताको ट्याङ्कीले परिवारको दैनिक आवश्यकताका लागि शुद्ध पानी भण्डारण गर्ने पर्याप्त सुविधा प्रदान गर्छ। साथै, Airtight Tank Cover र Locking System ले बाहिरी धुलो तथा दूषित पदार्थ ट्याङ्कीभित्र प्रवेश गर्नबाट रोक्न मद्दत गर्छ।
LG Water Purifier को अर्को प्रमुख विशेषता “2 Free Maintenance” सुविधा हो, जसअन्तर्गत पहिलो वर्षमा दुई पटक निःशुल्क Scheduled & Automated Service Visit, दुई पटक Contactless Maintenance सहित Digital Sterilization Care तथा दुई पटक Outside Sediment Filters उपलब्ध छन्। गुणस्तरीय उत्पादनसँगै खरिदपछिको सेवामा दिइएको यो सुविधाले ग्राहकलाई थप सहजता र विश्वास प्रदान गरेको छ।
यी विशेषतासँगै यस दशैं तिहार तथा छठको उपलक्ष्यमा उपलब्ध आकर्षक चाडपर्व अफर र ०% EMI किस्ताबन्दी सुविधा ले LG Water Purifier लाई ग्राहकका लागि अझ आकर्षक बनाएको छ। उन्नत प्रविधि, स्वच्छ पानी भण्डारण, परिवारमैत्री क्षमता र अतिरिक्त मर्मतसम्भार सुविधाको संयोजनले यसको प्रारम्भिक बजार सफलतामा योगदान पुर्याएको छ।
CG Electronics बारे
CG Electronics, CG Corp Global अन्तर्गतको एक प्रमुख Consumer Electronics कम्पनी तथा नेपालमा LG उत्पादनहरूको आधिकारिक राष्ट्रिय वितरक हो। LG Electronics Singapore सँगको चार दशकभन्दा लामो साझेदारीमार्फत CG Electronics ले नेपालमा LG लाई एक विश्वसनीय प्रिमियम Consumer Electronics ब्रान्डका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
LG Electronics Inc. बारे
LG Electronics Inc. विश्वव्यापी प्रविधि तथा Consumer Electronics क्षेत्रमा अग्रणी कम्पनी हो। Home Appliances, Home Entertainment तथा Air Solutions क्षेत्रमा कार्यरत LG नवीन प्रविधि, ऊर्जा दक्षता तथा मानवकेन्द्रित डिजाइनमार्फत उपभोक्ताको दैनिक जीवनलाई अझ सहज र उत्कृष्ट बनाउने समाधानहरू प्रदान गर्दै आएको छ।












