IME Life New

विभिन्न कार्यक्रम गरी सांग्रिला डेभलपमेन्ट बैंकले मनायो २२ औँ वार्षिकोत्सव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक स्थापनाको २२ बर्ष पूरा गरी २३ औँ बर्षमा प्रवेश गरेको छ । आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा कात्तिक १३ गते शुक्रबार बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा एक कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उज्ज्वल सत्यालले बैंकको यो गौरवपूर्ण यात्रामा साथ दिने, बैंकका संथापकहरू, सञ्चालक समितिका पदाधिकारीहरू, ग्राहक तथा शेयरधनी महानुभाव, कर्मचारी, नियमनकारी निकाय लगायत सबैलाई धन्यवाद ज्ञापन गरे ।

Esewa
Crest

बैंकका प्रमुख कार्यकारी अधिकृत रविन सिजापतीले आगामी दिनमा बैंकले आफ्नो सेवालाई अझ स्मार्ट, आधुनिक र उत्कृष्ट बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

वार्षिकोत्वसको अवसरमा बैंकले महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । जस अनुसार हुम्लाको सिमकोटस्थित डाँडाफया हेल्थपोष्टमा आयोजना गरिने स्वास्थ्य शिविरमा प्रसुती रोग विशेषज्ञद्वारा सेवा उपलब्ध गराइने छ । यसैगरी सिमकोट २ हुम्लाकै श्री रामदेव मा.वि.का १०३ जना विद्यार्थीलाई विद्यालय पोशाक र स्टेशनरी सामग्री उपलब्ध गराइने छ । यस्तै, रोल्पाको सुनिलस्मृती गाउँपालिका २ स्थित खुङ्ग्री हेल्थ पोस्टलाई एक एक थान बेबी वार्मर र अटोक्लेभ ड्रम सेट उपलब्ध गराउने घोषणा गरिएको छ ।

बार्षिकोत्सवको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकमा पाँच र दश वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS