IME Life New

यसकारण दुई लघु बीमकसहित ७६ कम्पनीको आइपीओ धितोपत्र बोर्डले स्वीकृत गर्न नसक्ने (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई लघु बीमकसहित ७६ कम्पनीको आइपीओ स्वीकृत गर्न नसक्ने जानकारी गराएको छ।

धितोपत्र बोर्डले एउटा सूचना जारी गर्दै ती कम्पनीको आइपीओ स्वीकृत प्रदान नसकिने जानकारी गराएको हो। यसरी आइपीओ स्वीकृत प्रदान गर्न नसकिनेमा विभिन्न क्षेत्रका कम्पनीहरु रहेका छन्।

Esewa
Crest

नियामकीय प्रावधान पूरा गर्न नसकेकोले ती कम्पनीलाई हाल आइपीओ अनुमति प्रदान गर्न नसकिने धितोपत्र बोर्डले जनाएको छ। ती कम्पनीले आवश्यक कागजात, विवरण तथा विवरणपत्र, तोकिएको कानुनी व्यवस्था तथा नियामकीय मापदण्डबमोजिम नभएसम्म आइपीओ स्वीकृति प्रदान नगरिने धितोपत्र बोर्डले स्पष्ट पारेको छ।

आइपीओ स्वीकृतिका लागि मापदण्ड पूरा नगर्नेमा स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफलसहित ७६ कम्पनी छन्। यी दुवै कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २२ लाख ५० हजार कित्ता आइपीओ ल्याउन धितोपत्र बोर्डसँग अनुमति मागेका छन्।

यस्ता छन् आइपीओ स्वीकृति पाउने मापदण्ड

  • धितोपत्र निष्कासन गर्दा निष्कासन गर्ने कम्पनीको वित्तीय एवं व्यवस्थापकीय पक्षलगायत स्वार्थको द्वन्द्व नहुने अवस्थाको सुनिश्चितता गर्न वस्तुपरक अध्ययनपश्चात मात्र धितोपत्र बोर्डमा धितोपत्र निष्कासनमा लागि आवेदन पेस गर्ने।
  • प्रारम्भिक सार्वजनिक निष्कासनका लागि बोर्डमा प्राप्त निवेदनका सम्बन्धमा आर्थिक वर्ष २०८२।८३ को लेखापरीक्षण प्रतिवेदन (यदि लेखापरीक्षण सम्पन्न नभएको अवस्थामा लेखापरीक्षकबाट प्रमाणित भएको वित्तीय विवरण) का आधारमा धितोपत्र बोर्डले तोकेको वित्तीय मापदण्ड पूरा गरी तथा परिपालना प्रतिवेदन (कम्पलाइन्स रिपोर्ट) पेस गर्ने तथा गराउने।
  • महिनाको कम्तीमा एउटा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने।

यसैगरी धितोपत्र बोर्डले पाइपलाइनमा रहेका थप ४१ कम्पनीलाई आइपीओ स्वीकृतिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन सूचित गरेको छ। ती कम्पनीलाई पत्र पठाएर आवश्यक कागजात पेस गर्न जानकारी गराइएको धितोपत्र बोर्ड स्रोतले बतायो।

ipopipeline

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS