IME Life New

असोजसम्म करिब सवा १६ अर्ब वैदेशिक लगानी प्रतिबद्धता, पर्यटन क्षेत्रमा सबैभन्दा बढी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८३।८४ को प्रथम त्रैमास (साउन–असोज) सम्म नेपालमा करिब सवा १६ अर्ब रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ।

उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोजसम्म ४२२ वटा नयाँ उद्योग तथा परियोजनाका लागि १६ अर्ब २३ करोड १९ लाख ५५ हजार रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको हो। यो लगानी प्रतिबद्धता कुल ४२२ वटा उद्योग तथा परियोजनाका लागि प्राप्त भएको छ।

Esewa
Crest

विभागका अनुसार ४२२ परियोजनामध्ये ४१० वटा उद्योग स्वचालित मार्ग (अटोमेटिक रुट) बाट १४ अर्ब ५८ करोड ६५ लाख ५५ हजार ७९६ रुपैयाँ र १२ वटा उद्योग स्वीकृति मार्गबाट १ अर्ब ६४ करोड ५४ लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता स्वीकृत भएका छन्। स्वीकृत ४२२ परियोजनामध्ये ४१० वटा परियोजना स्वचालित मार्गबाट दर्ता भएका हुन्।

अघिल्लो आर्थिक वर्ष २०८२।८३ को सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा वैदेशिक लगानी प्रतिबद्धता भने निकै घटेको छ। अघिल्लो वर्ष यही अवधिसम्म ३५ अर्ब रुपैयाँभन्दा बढीको लगानी प्रतिबद्धता आएको थियो।

विभागको तथ्यांकअनुसार रकमको आधारमा विदेशी लगानीकर्ताको पहिलो रोजाइ पर्यटन क्षेत्र बनेको छ। असोजसम्म पर्यटनमूलक १०८ वटा परियोजनाका लागि सबैभन्दा धेरै ६ अर्ब ८ करोड २८ लाख रुपैयाँको प्रतिबद्धता आएको छ।

यस्तै ऊर्जा क्षेत्रमा जम्मा २ वटा परियोजना स्वीकृत भए पनि लगानी प्रतिबद्धता भने ४ अर्ब रुपैयाँ रहेको छ। सेवामूलक क्षेत्रका ३३ परियोजनामा ३ अर्ब ५७ करोड ५४ लाख रुपैयाँ र उत्पादनमूलक क्षेत्रका २५ परियोजनामा १ अर्ब ६० करोड ५३ लाख रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ।

यता परियोजना संख्याको आधारमा स्वीकृत ४२२ मध्ये २५२ वटा करिब ६० प्रतिशत परियोजना सूचना प्रविधिमूलक रहेका छन्। ती परियोजनाका लागि कूल ९२ करोड ८३ लाख रुपैयाँ प्रतिबद्धता आएको छ।

कृषि तथा वन पैदावर क्षेत्रमा जम्मा २ वटा परियोजनामार्फत ४ करोड लगानी आउने भएको छ भने खनिज र पूर्वाधार क्षेत्रमा पहिलो असोजसम्म कुनै पनि वैदेशिक लगानी प्रस्ताव आएको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS