काठमाडौं । एसिया प्रशान्त क्षेत्रको मोटर बीमा बजार सन् २०३० सम्ममा ४६०.६ अर्ब डलर पुग्ने अनुमान गरिएको छ। जुन विश्वव्यापी कुल बजारको ३० प्रतिशत हो।
द बिजनेस रिसर्च कम्पनीका अनुसार विश्वव्यापी मोटर बीमा बजार सन् २०३० सम्ममा १.५ खर्ब डलरभन्दा बढी हुन सक्छ। जुन १० प्रतिशतको औसत वृद्धिदरबाट कायम हुनेछ।
एसिया प्रशान्त क्षेत्रले सम्पत्ति र दुर्घटना बीमा बजारको ठूलो हिस्सा ओगटेको छ। जुन सोही अवधिमा लगभग ३.४ खर्ब डलर पुग्ने अनुमान गरिएको छ।
मोटर बीमाले यस बजारको लगभग ४५ प्रतिशत ओगटेको छ र कुल वित्तीय सेवा उद्योगको लगभग ३ प्रतिशत ओगटेको छ। जुन सन् २०३० सम्ममा ५०.६ खर्ब डलर पुग्ने अनुमान गरिएको छ।
क्षेत्रीय तथ्यांकअनुसार उत्तर अमेरिकाले सन् २०३० सम्ममा ५७६.६ अर्ब डलरको अनुमानित मूल्यका साथ बजारको नेतृत्व गर्नेछ। त्यसपछि पश्चिमी युरोपको ३२१.१ अर्ब डलर पुग्न सक्ने अनुमान गरिएको छ।
दक्षिण अमेरिकाको आय ६०.९ अर्ब डलर पुग्ने अनुमान गरिएको छ भने मध्यपूर्वको आय ४९.९ अर्ब डलर पुग्ने अनुमान गरिएको छ। अफ्रिका र पूर्वी युरोपको आय क्रमशः ३२.५ अर्ब डलर र ३२.३ अर्ब डलर पुग्ने अनुमान गरिएको छ। –एजेन्सी












