काठमाडौं। चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो ३ महिना असोजसम्म अवधिमा नेपालमा व्यापार गरिरहेका विदेशी लगानीकर्ताले लाभांश र रोयल्टीबापत ठूलो रकम स्वदेश फिर्ता लगेका छन्।
उद्योग विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विदेशी लगानीकर्ताले लाभांशबापत १९ करोड ६४ लाख १६ हजार रुपैयाँ फिर्ता लगेका हुन्।
यसैगरी रोयल्टीबापत नेपाली रुपैयाँ ९१ करोड ६६ लाख, अमेरिकी डलर ११ लाख ९० हजार करिब १६ करोड रुपैयाँ र भारतीय रुपैयाँ २ करोड ५७ लाख करिब ४ करोड ११ लाख रुपैयाँ बाहिरिएको छ। सेवा शुल्कबापत पनि थप रकम बाहिरिएको विभागले जनाएको छ।
विभागका अनुसार १४४ जना विदेशी लगानीकर्ता, ९९ जना प्रतिनिधि र १५२ जना उनीहरुका आश्रित परिवारलाई व्यावसायिक भिसा सिफारिस गरेको छ।












