IME Life New

कस्तो छ नेपालका बीमा कम्पनीहरूमा कर्मचारीको ‘वर्क लाइफ ब्यालेन्स’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको मानव संसाधन सन्तुष्टि अध्ययन प्रतिवेदन अनुसार बीमा क्षेत्रमा ‘वर्क लाइफ ब्यालेन्स’ (काम र व्यक्तिगत जीवनबीचको सन्तुलन) को अवस्था सन्तोषजनक तर केही गम्भीर चुनौती र असन्तुष्टिले घेरिएको पाइएको छ। प्रतिवेदनमा यस विषयलाई विभिन्न सूचकहरू र कर्मचारीहरूको खुला प्रतिक्रियामार्फत प्रष्ट्याइएको छ।

प्रतिवेदनमा कर्मचारीहरू काम गर्ने घण्टासँग सहजताको विषयमा ३.४४ को औसत र काम तथा व्यक्तिगत जीवनको सन्तुलन कायम गर्नसक्ने कुरामा ३.२६ को औसत ‘स्कोर’ देखाएको छ। यो स्कोरले अधिकांश कर्मचारीहरू यो विषयमा मध्यम रूपमा सन्तुष्ट रहेको देखाए तापनि यसभित्र ठूलो असन्तुष्ट वर्ग पनि रहेको छ। प्राधिकरणले जीवन, निर्जीवन र लघु बीमा कम्पनीका कुल ३ हजार ७६७ कर्मचारीहरूका बीच सर्वेक्षणका आधारमा यो प्रतिवेदन तयार पारेको हो ।

Esewa
Crest

नेपालका बैंक तथा अन्य वित्तीय संस्थाहरूमा जस्तै बीमा क्षेत्रमा पनि ‘वर्क लाइफ ब्यालेन्स’ सहज छैन। बैंक र बहुराष्ट्रिय कम्पनीहरूको तुलनामा बीमा क्षेत्रमा कामको प्रेसर, अनियन्त्रित कार्यालय समय र विशेषगरी बजार तथा बाहिर फिल्डमा खटिनुपर्ने बाध्यताका कारण कर्मचारीहरूले बैंकको तुलनामा बीमा क्षेत्रमा व्यक्तिगत जीवन र जागिरबीच तालमेल मिलाउन निकै कठिन भएको महशुस गरेका छन्।

अधिकांश कर्मचारीहरूको मुख्य गुनासो भनेको तोकिएको कार्यालय समयभन्दा अघिपछि बिहान, बेलुका वा बिदाको दिनमा समेत उच्च व्यवस्थापनबाट लक्ष्य पुरा गर्नका लागि ताकेता र फोन कलहरू हुन्। महिनाको अन्त्यमा तथा वर्षान्तको वित्तीय क्लोजिङका बेला अतिरिक्त पारिश्रमिक वा ओभरटाइम सुविधा नै नदिई जबरजस्ती र लामो समयसम्म काममा खटाइने प्रवृत्तिले कर्मचारीको व्यक्तिगत र पारिवारिक जीवन अस्तव्यस्त बनेको गुनासो छ।

अझ अण्डराइटिङमा खटिने कर्मचारी ढिलोसम्म कार्यालयमा काम गर्दा प्रधान कार्यालयबाट सम्बन्धित कर्मचारीको लागि खाना खाजाको समेत व्यवस्था गरिएको हुँदैन। राती ढिलो भयो भने शाखा प्रबन्धक वा प्रधान कार्यालयमा विभागका प्रमुखहरूले महिला कर्मचारीलाई सुरक्षितरूपमा घर पुर्‍याउने व्यवस्था समेत गर्न आवश्यक ठान्दैनन् । अण्डराइटिङको काम सकिएर कहिलेकाहीँ मध्यरातमा बिना सुरक्षा राइड शेयर वा आफ्नै दुईपाङ्ग्रे सवारी लिएर घर जानुपर्दा विशेषखगरी महिला कर्मचारीहरू निक्कै जोखिम मोल्नुपर्छ।

इन्स्योरेन्स खबरले सम्पर्क गरेका केही बीमकको शाखाका कर्मचारीहरूका अनुसार, हाकिमहरू क्लोजिङ भएकाले आज अलिक ढिलोसम्म बस्नुपर्छ भन्न हिच्किचाउँदैनन्,तर रात छिप्पिदैं जाँदा तपाईलाई कार्यालयकै गाडीमा घर पुर्‍याउँछाैं, ढुक्क हुनुस् भन्दैनन्, पन्छिदिन्छन् । ‘हेड अफिसमा पनि त्यस्तै त्यस्तै हुन्छ रे!’ भन्ने उनीहरूले गुनासो गरे ।

श्रम ऐन २०७४ र श्रम नि यमावली २०७५ मा महिला कर्मचारीलाई राती अबेरसम्म कार्यालयमा काम लगाउनुपर्ने अवस्था भएमा सम्बन्धित रोजगारदाताले निजलाई सुरक्षितरूपमा घरदैलोमै पुर्‍याउनुपर्ने प्रावधान छ। तर, पीडित कर्मचारीका अनुसार, उच्च व्यवस्थापनले यस्तो विषयको संवेदनशीलता बुझेर पनि महिला कर्मचारीको सुरक्षाको स्वामित्व लिंदैनन्, वास्ता गर्दैनन् । एक पटक यस्तो समस्याबारे गुनासो गर्दा अर्को पटकदेखि आवश्यक व्यवस्था गरिने आश्वासन दिन्छन्, तर व्यवहार र प्रवृत्ती पुरानै दोहोरिने गरेको पीडित कर्मचारीको गुनासो छ।

असन्तुष्टीका मुख्य कारणहरूः

अवरुद्ध पारिवारिक जीवन र टाढाको पोष्टिङः विशेष गरी उपत्यका बाहिरका शाखा तथा उपशाखा कार्यालयहरूमा र घरपरिवारभन्दा टाढा दुर्गममा खटिएका कर्मचारीहरूका लागि परिवारलाई समय दिने वातावरण छैन।

अर्याप्त जनशक्तिः शाखा कार्यालयहरूमा कर्मचारीको अभाव हुँदा एउटै कर्मचारीले धेरैतिरको काम धान्नुपर्ने बाध्यता छ, जसले गर्दा उनीहरू तनावग्रस्त हुन पुग्छन्।

अनिवार्य बिदाको अभावः बैंकहरूमा जस्तो कर्मचारीहरूलाई मानसिक ताजगीका लागि अनिवार्य रूपमा दिइने ‘फोर्स लिभ’ वा वार्षिक विश्रामको व्यवस्था धेरैजसो बीमा कम्पनीहरूमा प्रभावकारी नहुनुले पनि कर्मचारीहरू काम र जीवनको सन्तुलनबाट असन्तुष्ट बन्न पुगेका छन्। बैंकहरूमा अनिवार्य बिदा जबरजस्ती दिइन्छ, किनकी कर्मचारीको उत्पादकत्वको लागि यो जरूरी हुन्छ।

कानून बमोजिमका अन्य बिदाहरूः बैंकहरूमा सम्बन्धित कर्मचारीले नियमानुसार पाइने अन्य बिदाहरूका सम्बन्धमा पनि मानव संशाधन सफ्टवेयरमा विवरण प्रविष्ट गरे पुग्छ। बिदा स्वीकृतिका लागि हाकिमको टेबलमा वा प्रमुख कार्यकारी अधिकृतको कार्यकक्षमा पुग्नुपर्दैन। बिदा बस्ने अघिल्लो दिनसम्म बिदा स्वीकृत होला नहोला भन्ने तनाव लिएर घरपरिवारसँग यात्राका लागि बन्दोबस्ती मिलाउने कि नमिलाउने, टिकट काट्ने कि नकाट्ने भन्ने दोधारमा हुँदैनन्, श्रम ऐन २०७४ अनि बैंकको कर्मचारी विनियमावलीले तोकेका बिदाहरू मज्जाले उपभोग गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS