IME Life
Beema Board

नेपाल लाइफका बीमित तथा शेयरधनीले प्राधिकरणमा गरे उजुरी, कयालको नियुक्ति बदर र संचालक समिति निलम्बन गर्न माग

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बीमित तथा शेयरधनीहरुले अमित कयालको नियुक्ति बदरको माग गर्दै नेपाल बीमा प्राधिकरणमा उजुरी गरेका छन् । उनिहरुले बीमा ऐन २०७९, नियमावली २०४९ बाट जारी बीमकको संस्थागत सुशासन निर्देशिका २०७५ (संशोधन सहित) र समय समयमा जारी निर्देशनहरुको पटक पटक अवज्ञा गरेको उजुरीमा उल्लेख गरेका छन् ।

प्राधिकरणले वर्ष दिनमै तीन पटक जरिवाना सहितको कारबाही गर्दा समेत कम्पनीले उस्तै प्रकृतिको गल्ती पटक पटक दोहोर्याएको भन्दै उनिहरुले ध्यानाकर्षण सहित उजुरी पेश गरेका हुन् । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीमा हाल नायब प्रमुख कार्यकारी पदमा कार्यरत अमित कुमार कयालको शुरु नियुक्ति नै अवैध भएको हुँदा निजको नियुक्ति खारेजी गरी कारवाही गर्नु पर्ने उनिहरुको माग रहेको छ ।

Prabhu
Crest

नेपाल लाईफ इन्स्योरेन्स कम्पनीमा २०७७ असार २२ गते सहायक महाप्रबन्धक पदमा करार नियुक्ति हुँदाको अवस्थामा नै प्राधिकरणबाट जारी गरिएको संस्थागत सुशासन निर्देशिका २०७५ बमोजिमको बैंक वा बीमा क्षेत्रमा १ वर्ष कार्य गरेको अनुभव उनि सँग नभएको बीमितको ठहर छ ।

सो विषयमा आम संचारमाध्यमले ध्यानाकर्षण गराएपछि नेपाल बीमा प्राधिकरण (तत्कालीन बीमा समिति) ले बीमकको संस्थागत सुशासन निर्देशिका २०७५ को दफा ३१ को प्रावधान उलंघन गरेकोमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी विरुद्ध दश हजार रुपैयाँ जरिवाना गरिएको उनिहरुले पेश गरेको उजुरीपत्रमा उल्लेख छ ।

प्राधिकरणले गरेको नगद जरिवानाको निर्णयले निज कयालको असंगत नियुक्तिलाई वैधानिकता प्रदान गरेको रुपमा अर्थ्याएर नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले निजको नियुक्ति प्रकृयाँ सच्याउनुको साटो कारवाहीको निर्णय सार्वजनिक भएको साढे सात महिनाको छोटो अवधिमै एकै पटक तीन तह बढुवा गरी नायब प्रमुख कार्यकारी अधिकृत जस्तो अति संवेदनशील र जिम्मेवार पदमा बढुवा गरेको उनिहरुको आरोप रहेको छ ।

संस्थागत सुशासन निर्देशिका २०७५ को दफा ३१ को उपदफा २ मा विभागीय प्रमुख भन्दा माथिल्लो तहमा नियुक्ति गर्दा बीमा वा बैंकिङ क्षेत्रमा थप १ वर्षको कार्य अनुभव भएको हुनुपर्ने प्रावधान छ । बढीमा वरिष्ठ प्रबन्धक पदमा शुरु नियुक्तिको योग्यता रहेको अमित कुमार कयाललाई २०७८।१०।१४ गतेको नेपाल बीमा प्राधिकरण (साबिक बीमा समिति) को प्रेस विज्ञप्तीमा उल्लेखित कारवाही अनुसार वरिष्ठ प्रबन्धक पदमा घटुवा गर्नुपर्नेमा नायब महाप्रबन्धक पदबाट सहायक महाप्रबन्धक पदमा कायम राखेर पुनः बढुवा गर्दै नायब प्रमुख कार्यकारी पदमा पद्दोन्नती गर्नुले नियामक निकायको निर्देशन तथा कारवाहीको ठाडो उलंघन भएको उनिहरुले जनाएका छन् ।

नेपाल लाईफमा अमित कुमार कयालको अवैधरुपमा भएको नियुक्ति र बीमा क्षेत्रमा पूर्व अनुभव बिना नै अप्रत्याशितरुपमा गरिएको बढुवालाई मध्यनजर गर्दा नेपाल लाईफ इन्स्योरेन्स कं. लि.को संचालक समिति अध्यक्ष गोविन्द लाल संघाईको व्यक्तिगत स्वार्थको पृष्ठपोषण गर्ने उद्देश्यले आफ्नो गृहनगर वीरगंजका बासिन्दा कयाललाई अनुचित संरक्षण प्रदान गरिरहेको देखिएको उनिहरुले उजुरी पत्रमा उल्लेख गरेका छन् ।

नेपालको सर्वाधिक ठूलो जीवन बीमा कोष, लगानी, बजार हिस्सा भएको नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आन्तरिक नियन्त्रण प्रणाली अत्यन्तै कमजोर रहेको तथ्य संस्थागत सुशासन निर्देशिका विपरित संचालक समितिका सदस्यहरु फरक फरक उप समितिको संयोजक रही एक आर्थिक वर्ष २०७७।७८ मा करिव रु.२९ लाख  र  आर्थिक वर्ष २०७८।७९मा रु.२३ लाख बढि एकजनाले भत्तावापत भुक्तानी लिएको र सोही विषयमा प्राधिकरणबाट जरिवाना सहित कारवाही भएको प्रसंगले पनि प्रष्ट पारेको उनले जनाएका छन् ।

यसबाहेक संचालक समितिको अध्यक्ष र सदस्य पदमा समेत एउटै व्यक्ति संस्थाको स्थापनाकालदेखि नै दोहोरिनुले समेत यस कम्पनीको व्यवस्थापन संचालक समितिको अनुचित प्रभावबाट मुक्त रहन नसकेको अवस्था रहेको उनिहरुले आरोप लगाएका छन् ।

आन्तरिक नियन्त्रण प्रणाली अत्यन्त कमजोर भएको अवस्थामा पर्याप्त अनुभव नै नभएको व्यक्ति  अमित कुमार कयालको शैक्षिक योग्यता चार्टर्ड अकाउन्टेन्ट(सिए) भनिए पनि निजले आफ्नो शैक्षिक योग्यताको समकक्षता नेपाल चार्टर्ड अकाउन्टेन्ट एशोसिएसनबाट प्राप्त नगरेको उनिहरुले आरोप लगाएका छन् ।

तसर्थ नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको भावी नेतृत्व अमित कुमार कयाललाई सुम्पिने मनशायले संचालक समिति र उच्च व्यवस्थापन तहबाट भइरहेको तयारीलाई समयमै अंकुश लगाएर नेपाल लाईफ इन्स्योरेन्समा भइरहेको संस्थागत सुशासनको उलंघन र बीमा प्राधिकरणबाट भएको कारवाहीको अवज्ञा सम्बन्धमा आवश्यक अनुसन्धान गरि निजको शुरु नियुक्ति बदर गरी नेपालको सबैभन्दा ठूलो बजार हिस्सा भएको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीलाई अनुभवहीन व्यक्तिको हातमा पुग्नबाट जोगाउनका लागी नेपाल लाईफको अहिलेका वहाल संचालक समितिलाई निलम्बन गरी आवश्यक कारवाही गर्न अनुरोध गरेका हुन् ।

उनिहरुले आफ्नो उजुरी पत्रलाई मूख्य सचिव, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौं, प्रमुख आयुक्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौं र अर्थ सचिव, अर्थमन्त्रालय , सिंहदरवार, काठमाडौंलाई समेत बोधार्थ गराएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

69%

खुसी

8%

दु :खी

0%

अचम्मित

15%

उत्साहित

8%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS