IME Life

नेपाल लाईफमा अमित कयालको गैर कानूनी रुपमा एकै पटक तीन तह बढुवा, प्राधिकरण बनिरहन्छ रमिते

SPIL
NIC ASIA

काठमाडौं । शुरु नियुक्ति नै अवैधरुपमा पाएको व्यक्तिलाई नेपाल लाईफ इन्स्योरेन्सको संचालक समितिको कृपाले जागिर शुरु गरेको २६ महिना पनि नपुग्दै व्यवस्थापन तहको उच्च पदमा पुगेका छन्, अमित कुमार कयाल । साबिक बीमा समितिले नियम विपरित नायब महाप्रबन्धकबाट संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ अनुसार योग्यता पुग्ने गरि वरिष्ठ प्रबन्धकमा झारनु पर्नेमा सहायक महाप्रबन्धक पद थमाईएको थियो।  नेपाल बीमा प्राधिकरण (साविक बीमा समिति) ले नेपाल लाईफमा कयालको शुरु नियुक्ति नै अवैध ठहर गर्दै नेपाल लाईफ इन्स्योरेन्सलाई जरिवाना समेत गरेकोमा कारवाही गरेको साढे सात महिना पनि बित्न नपाउँदै उनलाई संचालक समितिले असोज १, २०७९ देखि लागु हुने गरि एकै पटक तीन तह बढुवा गरि नायब प्रमुख कार्यकारी अधिकृत बनाएको हो ।

नेपाल बीमा प्राधिकरणले १४ माघ २०७८, शुक्रबार मा प्रेस विज्ञप्ती जारी गर्दै बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ बमोजिमको अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रबन्धक पदमा नियुक्त गरेकोमा १० हजार रुपैयाँ नगद जरिवाना गरिएको जानकारी सार्वजनिक गरेको थियो । नियुक्ति नै अवैध ठहर गर्दै प्राधिकरणले जरिवाना समेत गरेकोमा नेपाल लाईफको संचालक समितिले सच्याउनुको साटो असोज १, २०७९ बाट उनलाई संचालक समितिले नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरिदिएको छ ।

Prabhu
Crest

नेपाल बीमा प्राधिकरणले १४ माघ २०७८, शुक्रबार मा प्रेस विज्ञप्ती जारी गर्दै प्राधिकरण (साबिक बीमा समितिको) अनुसन्धानका क्रममा नेपाल लाइफ इन्स्योरेन्सले बीमा समितिबाट जारी बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ बमोजिमको अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रवन्धक पदमा नियुक्त गरी समितिबाट जारी निर्देशिकाको जानाजान उल्लङ्घन गरेको देखिएको  ठहर गर्दै अर्को १० हजार रुपैयाँ नगद जरिवाना समेत गरेको थियो।

मारवाडी समुदायका संस्थापकको वर्चश्व रहेको नेपाल लाईफ इन्स्योरेन्समा मारवाडी समुदायबाट प्रतिनिधित्व गरेकै कारण चोरबाटोबाट अमित कयाललाई सहायक महाप्रबन्धक पदमा नियुक्त गरेर संचालक समितिका अध्यक्ष गोविन्द लाल संघाईले प्रत्येक छोटो समयमै पटक पटक पद्दोन्नती गर्दै नायब प्रमुख कार्यकारी अधिकृत पदसम्म पुर्याई दिएका छन् । नेपाल लाईफमा दुई दशकभन्दा लामो समय संचालक र  अध्यक्ष रहेका संघाईले क्याललाई छोटो अवधिभित्रै प्रमुख कार्यकारी अधिकृत पदमा पुर्याउने उद्देश्य सहित छिटोछिटो पद्दोन्नती गरिरहेका छन् ।

यसरी भएको थियो कयालको अवैध नियुक्ति :

संस्थागत सुशासन निर्देशिका विपरित अध्यक्ष गोविन्दलालल संघाइले बैंक, वित्तीय संस्था वा बीमा क्षेत्रमा विल्कुलै अनुभव नभएका अमित कयाललाई शुरुमा सिधै सहायक महाप्रबन्धक पदमा नियुक्त गरेका थिए । कयालले २०७७ असार २२ गते यो पदमा करारमा नियुक्ति पाएका थिए ।

संस्थागत सुशासन निर्देशिकाको मात्र उलंघन नभएर कम्पनीकै पनि कर्मचारी विनियमावलीको ठाडो उलंघन गर्दै कयाललाई एकै पटक दुई तह बढुवा गरि नायब महाप्रबन्धक पदमा पुर्याइएको थियो ।  संस्थागत सुशासन निर्देशिकामा विभागीय प्रमुखको नियुक्तिको लागी तोकेको न्यूनतम योग्यताहरुमध्ये चार्टर्ड अकाउन्टेन्सी वा सो सरहको परिक्षा उतीर्ण भई बीमा तथा बैंकिङ क्षेत्रमा व्यवस्थापक वा सो सरहको पदमा कम्तीमा एक वर्ष कार्य गरेको हुनुपर्ने उल्लेख छ ।

तर सहायक महाप्रबन्धकमा नियुक्त कयाल चार्टर्ड अकाउन्टेन्ट भए पनि बीमा वा बैंकिङ क्षेत्रमा उनको कार्य अनुभव शुन्य रहेको थियो ।
कयाललाई एक वर्ष पनि नपुग्दै सहायक महाप्रबन्धक पदबाट एकै पटक दुई तह बढुवा गरेर नायब महाप्रबन्धक पदमा पदोन्नती गरिएको थियो । नेपाल लाईफमा वरिष्ठता क्रममा क्रमशः सहायक महाप्रबन्धक, वरिष्ठ सहायक महाप्रबन्धक र नायब महाप्रबन्धक पद रहेको छ ।

रमिते बनिरहन्छ बीमा प्राधिकरण:
भावी प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्रुमिङ गर्ने उद्देश्यले विवादास्पदरुपमा भित्र्याइएका कयालको नियुक्ति सम्बन्धमा प्राधिकरणमा पटक पटक उजुरी परेको छ । संस्थागत सुशासनको ठाडो उलंघन भएको भन्दै कयालको नियुक्तिविरुद्ध पटक पटक उजुरी परेपछि प्राधिकरणले कर्मकाण्डीरुपमा कम्पनी व्यवस्थापनसँग लिखित स्पष्टीकरण समेत माग गर्ने गर्छ । नियामक निकायको रुपमा आफैंले जारी गरेको निर्देशिकाको उलंघन हुँदा समेत प्राधिकरणको उच्च व्यवस्थापनले नेपाल लाईफ इन्स्योरेन्सको संचालक समितिविरुद्ध कारवाही गर्न मुटु कमाइरहेको छ ।

(प्राधिकरण किन चुप छ? कसरी, कसले  र कोसँग हुन्छ सेटिंग अर्को अंकमा…)

र यो पनि :

नेपाल लाइफले अमित कयाललाई एमबिए पढ्न दियो ५ लाख १२ हजार, ‘पैसा दिए पछि बल्ल कार्यविधि’

सुशासन विपरित कयालको नियुक्ति र सञ्चालक भत्ताको विषयमा नेपाल लाइफलाई २० हजार रुपैयाँ जरिवाना

इन्स्योरेन्स खवर प्रभाव : नेपाल लाइफका कयालको गैरकानुनी बढुवा फिर्ता लिन समितिको निर्देशन

 

नेपाल लाईफमा अमित कयालको गैर कानूनी नियुक्ति, नियामक निकाय बीमा समिति नै बन्यो रमिते

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

9%

दु :खी

13%

अचम्मित

0%

उत्साहित

78%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS