IME Life

इन्स्योरेन्स खवर प्रभाव : नेपाल लाइफका कयालको गैरकानुनी बढुवा फिर्ता लिन समितिको निर्देशन

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले नेपाल लाइफका नायब महाप्रबन्धक ‘डेपुटी जनरल म्यानेजर’ अमित कयालको बढुवा गैरकानुनी भएको ठहर गर्दै उक्त बढुवालाई फिर्ता लिन निर्देशन दिएको छ । बीमा समितिको सञ्चालक समितिले कयालको बढुवा गैरकानुनी रहेको ठहर गर्दै कानुनले भ्याउने जतिसम्म मात्रै बढुवा गर्न निर्देशन दिएको हो । गत शुक्रवार बसेको बीमा समितिको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको समितिका प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए ।

बोर्डको निर्णय सँगै समितिले कम्पनीलाई उनको बढुवा खारेज गरि नियमले भ्याउने जतिसम्म मात्रै कायम राख्न निर्देशन दिएको छ । बोर्डको उक्त निर्णयलाई कार्यान्वयन गर्न समितिले हिजो नै कम्पनीलाई पत्र पठाइसकेको छ ।  अव कयालको पद सहायक महाप्रवन्धकमै सिमित  भएको छ ।

Prabhu
Crest

इन्स्योरेन्स खवरले गत मंसिर ९ गते संस्थागत सुशासन  निर्देशिका २०७५ को ठाडो उलंघन गर्दै नेपाल लाइफले कयालको नियुक्ति तथा बढुवा गरेको भन्दै समाचार लेखेको थियो । उक्त समाचार प्रकाशन पश्चात बीमा समितिले स्पष्टिकरण सहित कयालको नियुक्तिको फाइल झिकाएको थियो । फाइल हेर्दा उनको नियुक्ति गैरकानुनी ठहर भएको बीमा समितिले जनाएको छ  ।

नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष गोविन्दलाल  संघाइले आफ्नै नजिकको नाता पर्ने कयाललाई नियुक्ति गर्न संस्थागत सुशासन निर्देशिका २०७५ को ठाडो उलंघन गरेका थिए ।

संस्थागत सुशासन निर्देशिका विपरित अध्यक्ष संघाइले बैंक, वित्तीय संस्था वा बीमा क्षेत्रमा विल्कुलै अनुभव नभएका अमित  कयाललाई शुरुमा सिधै सहायक महाप्रबन्धक पदमा नियुक्त गरेका थिए । कयालले २०७७ असार २२ गते यो पदमा करारमा नियुक्ति पाएका थिए ।
संस्थागत सुशासन निर्देशिकाको मात्र उलंघन नभएर कम्पनीकै पनि कर्मचारी विनियमावलीको ठाडो उलंघन गर्दै कयाललाई एकै पटक दुई तह बढुवा समेत गरिएको थियो ।

संस्थागत सुशासन निर्देशिकामा विभागीय प्रमुखको नियुक्तिको लागी तोकेको न्यूनतम योग्यताहरुमध्ये चार्टर्ड अकाउन्टेन्सी वा सो सरहको परिक्षा उतीर्ण भई बीमा तथा बैंकिङ क्षेत्रमा व्यवस्थापक वा सो सरहको पदमा कम्तीमा एक वर्ष कार्य गरेको हुनुपर्ने उल्लेख छ ।

तर सहायक महाप्रबन्धकमा  नियुक्त कयाल  चार्टर्ड अकाउन्टेन्ट भए पनि बीमा वा बैंकिङ क्षेत्रमा उनको कार्य अनुभव शुन्य रहेको थियो ।
शुरुमा छ महिने करार सेवामा नियुक्त गरेर नेपाल लाईफको उच्च व्यवस्थापन तहमा प्रवेश पाएका कयाललाई एक वर्ष पनि नपुग्दै सहायक महाप्रबन्धक पदबाट एकै पटक दुई तह बढुवा गरेर नायब महाप्रबन्धक पदमा पदोन्नती गरिएको थियो । नेपाल लाईफमा वरिष्ठता क्रममा क्रमशः सहायक महाप्रबन्धक, वरिष्ठ सहायक महाप्रबन्धक र नायब महाप्रबन्धक पद रहेको छ ।

कयालको अस्वभाविक  बढुवाका सम्बन्धमा कर्पोरेट हाउसमा विवाद नमच्यिोस् भन्ने उद्देश्यले अन्य तीनजना उच्च पदस्थ कर्मचारीको एक एक पद बढुवा गरेर संचालक समितिले खुशी बनाउनले सम्मको हर्कत गरेको छ । वरिष्ठ सहायक महाप्रबन्धक, नायब महाप्रबन्धकमा र  अन्य दुइ जनालाई सहायक महाप्रबन्धक पदबाट वरिष्ठ सहायक महाप्रबन्धक पदमा बढुवा गरिएको थियो । वरिष्ठताको क्रममा नवनियुक्त कयाल  भन्दा सहायक प्रबन्धक पदमा कार्यरत दुवैजना वरिष्ठ र अनुभवी भए पनि उनीहरुलाई पछि पार्दै संचालक समिति अध्यक्ष गोविन्दलाल संघाईको कृपाले कयाल उच्च  पदमा नियुक्त भएका थिए ।

बीमा समितिले यस विषयमा निर्णय गर्ने भेउ पाए सँगै कयाल केहिदिनदेखि कार्यालय नै आउन छाडेका छन् । समितिको यस्तो निर्देशनले कयालको दुई तह घटुवा भएको छ । अव कि त उनले कार्यालय छाड्ने छन् होइन भने सहायक महाप्रवन्धक पदमा अझै केहि समय काम गरेर बढुवा पाउन सक्ने छन् ।

इन्स्योरेन्स खवरले लेखेको समाचार 

नेपाल लाईफमा अमित कयालको गैर कानूनी नियुक्ति, नियामक निकाय बीमा समिति नै बन्यो रमिते

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS