IME Life New

नेपाल लाईफमा अमित कयालको गैर कानूनी नियुक्ति, नियामक निकाय बीमा समिति नै बन्यो रमिते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष गोविन्दलाल  संघाइले आफू निकटको व्यक्तिलाई नियुक्ति गर्न संस्थागत सुशासन निर्देशिका २०७५ को ठाडो उलंघन गरेका छन् ।

संस्थागत सुशासन निर्देशिका विपरित अध्यक्ष संघाइले बैंक, वित्तीय संस्था वा बीमा क्षेत्रमा विल्कुलै अनुभव नभएका अमित  कयाललाई शुरुमा सिधै सहायक महाप्रबन्धक पदमा नियुक्त गरेका हुन् । कयालले २०७७ असार २२ गते यो पदमा करारमा नियुक्ति पाएका हुन् ।
संस्थागत सुशासन निर्देशिकाको मात्र उलंघन नभएर कम्पनीकै पनि कर्मचारी विनियमावलीको ठाडो उलंघन गर्दै कयाललाई एकै पटक दुई तह बढुवा समेत गरिएको छ ।

Esewa
Crest

संस्थागत सुशासन निर्देशिकामा विभागीय प्रमुखको नियुक्तिको लागी तोकेको न्यूनतम योग्यताहरुमध्ये चार्टर्ड अकाउन्टेन्सी वा सो सरहको परिक्षा उतीर्ण भई बीमा तथा बैंकिङ क्षेत्रमा व्यवस्थापक वा सो सरहको पदमा कम्तीमा एक वर्ष कार्य गरेको हुनुपर्ने उल्लेख छ ।


तर सहायक महाप्रबन्धकमा  नियुक्त कयाल  चार्टर्ड अकाउन्टेन्ट भए पनि बीमा वा बैंकिङ क्षेत्रमा उनको कार्य अनुभव शुन्य रहेको थियो ।
शुरुमा छ महिने करार सेवामा नियुक्त गरेर नेपाल लाईफको उच्च व्यवस्थापन तहमा प्रवेश पाएका कयाललाई एक वर्ष पनि नपुग्दै सहायक महाप्रबन्धक पदबाट एकै पटक दुई तह बढुवा गरेर नायब महाप्रबन्धक पदमा पदोन्नती गरिएको हो । नेपाल लाईफमा वरिष्ठता क्रममा क्रमशः सहायक महाप्रबन्धक, वरिष्ठ सहायक महाप्रबन्धक र नायब महाप्रबन्धक पद रहेको छ ।

कयालको अश्वभाविक  बढुवाका सम्बन्धमा कर्पोरेट हाउसमा विवाद नमच्यिोस् भन्ने उद्देश्यले अन्य तीनजना उच्च पदस्थ कर्मचारीको एक एक पद बढुवा गरेर संचालक समितिले खुशी बनाएको छ । वरिष्ठ सहायक महाप्रबन्धक, नायब महाप्रबन्धकमा र  अन्य दुइ जनालाई सहायक महाप्रबन्धक पदबाट वरिष्ठ सहायक महाप्रबन्धक पदमा बढुवा गरिएको छ । वरिष्ठताको क्रममा नवनियुक्त कयाल  भन्दा सहायक प्रबन्धक पदमा कार्यरत दुवैजना वरिष्ठ र अनुभवी भए पनि उनीहरुलाई पछि पार्दै संचालक समिति अध्यक्ष गोविन्दलाल संघाईको कृपाले कयाल उच्च  पदमा नियुक्त भएका हुन् ।

क–कसले गर्यो  कयालको नियुक्तिको निर्णयः
नेपाल लाईफ इन्स्योरेन्सको पदपूर्ती समितिमा संचालक समिति अध्यक्ष गोबिन्दलाल संघाई संयोजक, स्वतन्त्र संचालक कमलेश कुमार अग्रवाल र संचालक  सदस्य पारुल ढकाल रहेका छन् । उनीहरुले नै कयाललाई  सहायक प्रबन्धक करार पदबाट एक वर्षको अवधिमा एकै पटक दुई तह माथि बढुवा  गरि नायब प्रबन्धक पदमा स्थायी नियुक्ति दिने निर्णय गरेका हुन् ।

रमिते बन्यो बीमा समितिः
भावी प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्रुमिङ गर्ने उद्देश्यले विवादास्पदरुपमा भित्र्याइएका कयालको नियुक्ति सम्बन्धमा बीमा समितिमा उजुरी परेको छ । संस्थागत सुशासनको ठाडो उलंघन भएको भन्दै कयालको नियुक्तिविरुद्ध उजुरी परेपछि बीमा समितिले कर्मकाण्डीरुपमा कम्पनी व्यवस्थापनसँग लिखित स्पष्टीकरण समेत माग गरेको छ । नियामक निकायको रुपमा आफैंले जारी गरेको निर्देशिकाको उलंघन हुँदा समेत बीमा समितिको उच्च व्यवस्थापनले नेपाल लाईफ इन्स्योरेन्सको संचालक समितिविरुद्ध कारवाही गर्न सकेको छैन ।
कम्पनीको तर्फबाट सन्तोषजनक जवाफ नआएकाले पटक पटक लिखित स्पष्टीकरण माग गरेपनि बीमा समितिले यो प्रकरणलाई थान्को लगाएको जानकारहरु बताउँछन् ।

यो पनि हेर्नुहोस।  

किन चुलिंदै छ नेपाल लाईफको दाबी भुक्तानी हुन बाँकी रकम ?

नेपाल लाइफमा सञ्चालकको चरम माइक्रोम्यानेजमेन्ट, किन टिक्दैनन् सिइओ ?

 

हेर्नुहोस बीमा समितिले जारी गरेको बीमकको संथागत सुशासन सम्बन्धी निर्देशिका, २०७५  को पूर्णपाठ 

2075-Corporate-Governance-Directive

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS