IME Life

किन चुलिंदै छ नेपाल लाईफको दाबी भुक्तानी हुन बाँकी रकम ?

SPIL
NIC ASIA

काठमाण्डौं । नेपाल लाईफ इन्स्योरेन्सले बीमितहरुलाई दाबीवापत भुक्तानी गर्नुपर्ने रकम पहिलो त्रैमासमै २ अर्ब २१ करोड रुपैयाँ नाघेको छ । कम्पनीले प्रकाशन गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार भुक्तानी गर्न दाबीवापतको रकममा ५४ प्रतिशतले वृद्धि भएको छ ।

पछिल्लो तीन वर्षयता नेपाल लाईफको भुक्तानी हुन दाबीवापतको व्यवस्था गरिएको रकमको आकार क्रमशः उकालो लाग्दै गएको छ । गत आर्थिक वर्ष २०७७।७८ मा आर्थिक वर्ष २०७६।७७ को तुलनामा दाबी भुक्तानी गर्न बाँकी रकम ५८ प्रतिशतको उल्लेखनीय वृद्धि भएको थियो ।

Prabhu
Crest

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार आ.व. २०७७।७८ मा भुक्तानी गर्न दाबीवापतको रकम २ अर्ब ५५ करोड ५५ लाख रुपैयाँभन्दा बढी रहेको थियो । आ.व. २०७६।७७ मा कम्पनीले भुक्तानी गर्न बाँकी दाबी वापत जम्मा १ अर्ब ६१ करोड ६१ लाख रुपैयाँ मात्र रहेको थियो ।

त्यसैगरी आ.व. ७५।७६ को तुलनामा आ.व. ७६।७७ मा पनि कम्पनीको भुक्तानी हुन बाँकी दाबीवापतको रकमका ७६ प्रतिशतले वृद्धि भएको थियो । आ.व. ७५।७६ मा कम्पनीको भुक्तानी हुन बाँकी दाबीवापतको रकम ९१ करोड ५३ लाख रुपैयाँ मात्र रहेको थियो ।
जीवन बीमा क्षेत्रमा ९ वटा नयाँ कम्पनीको आगमनसँगै आफ्नो व्यवसाय गुम्ने डरले आ.व. २०७४।७५ मा कम्पनीको दाबी भुक्तानी उल्लेख्यरुपमा वृद्धि हुँदा भुक्तानी हुन बाँकी दाबी वापतको व्यवस्थामा ४१ प्रतिशतले ह्रास आएको थियो । कम्पनीले बीमितहरुलाई आकर्षित गर्नको लागी दाबीलाई सहज बनाउँदा दाबी भुक्तानी रकम ४७ प्रतिशतले वृद्धि भएको थियो ।

झण्डै ९२ प्रतिशत रकम जानाजान रोक्का ?
नेपाल लाईफले आ.व. २०७५।७६ को वार्षिक प्रतिवेदन अनुसार कूल दाबी हुन बाँकी भुक्तानी मध्ये ९२ प्रतिशत रकम बीमा अवधि पुरा भएको वा अग्रिम भुक्तानीका लागी योग्य भएको रकम छ । भुक्तानी हुन बाँकी दाबीमध्ये मृत्यु दाबीवापतको रकमको हिस्सा जम्मा ६.७४ प्रतिशत छ ।
मृत्यु दबाी भुक्तानीको लागी कम्पनीले अनुसन्धान गर्नुपर्ने हुँदा दाबी भुक्तानीमा ढिलासुस्ती हुनु स्वभाविकै मानिए पनि अवधि पुरा भइसकेको बीमाको दाबी भुक्तानीमा ढिलाई किन?

एक अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानीको लागी बीमित योग्य भइसक्दा पनि कम्पनीले बीमितलाई समयमै भुक्तानी गर्न चासो नदेखाउँदै यो रकम वर्षौसम्म कम्पनीले कब्जामा लिएर राखेको छ । नियामक निकायको कमजोरीका कारण एकातर्फ बीमितले यो रकम सदुपयोग गर्न नपाउने तर कम्पनीले ब्याज आम्दानी भने गरिरहने अवस्था छ ।

किन हुँदैन समयमै दाबी भुक्तानीः
जीवन बीमा कम्पनीहरुमा विभिन्न कारणले समयमै बीमितहरुलाई दाबी भुक्तानीवापतको रकम भुक्तानी हुन सकेको हुँदैन । कम्पनीले बीमा अवधि पुरा भएका, अग्रिम भुक्तानीको लागि योग्य भएका बीमितलाई भुक्तानी रकम लिनको लागी समयमै सूचना दिने वा बोलाउने कार्य नगर्दा दाबी भुक्तानी हुन बाँकी रकममा यस्तो रकम थुप्रिंदै जान्छ ।

यसबाहेक मृत्यु दाबीवापतको दाबीमा कम्पनीले ठूला दाबी भुक्तानीहरु गर्दा सम्पूर्ण कागज प्रमाणहरु एकै पटक नमागेर किस्ता किस्तामा माग्दै बीमितलाई झुलाउने र दुःख दिनेसम्मका कार्यहरु गर्छन् । बीमा दाबी ढिलो दिएवापत जीवन बीमा कम्पनीले जरिवाना तिर्नु नपर्ने भएकाले यस्तो अवसरको दुरुपयोग गर्दै  बीमा कम्पनीले सकेसम्म ढिलो गरी भुक्तानी गर्न खोज्ने प्रवृत्ति रहेको छ ।

जीवन बीमा कम्पनीहरुले जोखिमांकन (अण्डरराइटिङ) गर्ने समयमा लापरवाही गर्दा वा जानाजान समयमै बीमितलाई भुक्तानी नगर्दा भुक्तानी हुन बाँकी दाबीवापतको व्यवस्था गर्नुपर्ने रकमको आकार पनि बिस्तारिंदै जाने गरेको छ ।

के छ कानूनी प्रावधानः

बीमा समितिले बीमितले प्राप्त गर्नुपर्ने दाबी भुक्तानीवापतको रकम समयमै भुक्तानी होस् भन्ने सुनिश्चित गर्नको लागी भुक्तानी हुन बाँकी दाबीवापत अनिवार्यरुपमा रकम व्यवस्था गर्नको लागी निर्देशन दिएको थियो  । समितिले २०७५ पुस १२ गते जारी गरेको निर्देशन अनुसार बीमा कम्पनीहरुले भुक्तानी हुन बाँकी दाबीवापतको रकमको ११५ प्रतिशत रकम व्यवस्था गर्नुपर्ने प्रावधान रहेको छ ।

तर परिपवक्व भइसकेको बीमा वा अग्रिम भुक्तानीवापतको रकम समेत बीमा कम्पनीले आफ्नै पोल्टामा कसेर राख्दा बीमितलाई हुने आर्थिक नोक्सानीबारे भने बीमा समिति लामो समयदेखि मौन रहँदै आएको छ । बीमितलाई समयमै जानकारी नदिएको अवस्थामा बीमा कम्पनीले जति ढिलो गरी दाबी रकम भुक्तानी गर्छ, सो ढिलो अवधिको ब्याज हर्जना बीमा कम्पनीले तिर्नुपर्ने प्रावधान लागू गर्न सके भुक्तानी हुन बाँकी दाबीवापतको रकमको आकार ह्वात्तै घट्ने छ ।

यो पनि पढ्नुहोस 

नेपाल लाइफमा सञ्चालकको चरम माइक्रोम्यानेजमेन्ट, किन टिक्दैनन् सिइओ ?

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS