IME Life

नेपाल लाइफमा सञ्चालकको चरम माइक्रोम्यानेजमेन्ट, किन टिक्दैनन् सिइओ ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरुको माइक्रोम्यानेजमेन्टले उच्च व्यवस्थापन तहका कर्मचारी टिक्न छाडेका छन् । सञ्चालकहरुको यहि व्यवहारले गर्दा केहि समय अगाडी सन्तोष प्रसाईले पनि राजिनामा दिएर बाहिरिनु परेको थियो । विवेक झा बाहेक कुनै पनि प्रमुख कार्यकारी अधिकृतहरुले पुर्ण कार्यकाल चलाउन सकेको पाइदैन् । झाले पनि आफ्नो दोस्रो कार्यकाल गोजीमा राजिनामापत्र बोकेरै विताएका थिए ।

नेपाल लाइफमा पटक पटक सञ्चालक हाबी भएर उच्च व्यवस्थानमा हस्तक्षेप हुँदा पनि बीमा समितिले कुनै पनि समन्वयकारी भुमिका निर्वाह गर्न सकेको छैन । यस अगाडीका सिइओ प्रसाईले समिति समक्ष कयौ पटक हारगुहार गर्दा पनि बीमा समितिले केहि पनि गर्न सकेन ।

Prabhu
Crest

प्रायः अध्यक्षको मात्रै हस्तक्षेप देखिदै आएमा यस पटक भने अन्य सञ्चालकहरु कमलेश कुमार अग्रवाल, कृष्ण राज लामिछाने लगायतबाट समेत माइक्रोम्यानेजमेन्ट भइरहेको छ ।  पछिल्लो समय संचालक कमलेश कुमार अग्रवाल र महालक्ष्मी विकास बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत कृष्ण राज लामिछानेको माइक्रोम्यानेजमेन्ट सतहमा आएको छ । उनिहरुले कम्पनीको संरचनामा व्यापक फेरबदल ल्याइदिएका छन् । विवेक झा हुँदाका कर्मचारीहरु अहिले प्रायः सबै बाहिरिसकेका छन् ।

उनिहरुको ठाँउमा लामिछानेले महालक्ष्मी विकास बैंकमा सँगै काम गरेका कर्मचारीहरुलाई भित्र्याएका छन् । बीमाको केहि पनि ज्ञान नभएकी  बन्दना शर्मा शिवाकोटीलाई लामिछानेले मानव संसाधन विभाग प्रमुख बनाएका छन् भने प्रेम रेग्मीलाई सिनियर म्यानेजरको पद दिइ एको  छ। त्यस्तै अध्यक्ष गोविन्द लाल संघाइले आफ्नो नजिकको नाता पर्ने अमित कयाललाई डेपुटी जनरल म्यानेजरमा नियुक्ति दिएका छन् । कयाललाई एक वर्षको अवधिमा दुई पटक बढुवा गरेर यस पदमा पुर्याइएको हो । यहि विषयमा बीमा समितिमा समेत उजुरी परेको थियो ।

उजुरी पछि बीमा समितिले सञ्चालक समिति तथा कयालको योग्यताका विषयमा स्पष्टिकरण सोधेको थियो । सञ्चालक समितिले कयालले स्वदेशी तथा  विदेशी कम्पनीहरुमा काम गरेको भन्दै योग्यता पुगेको स्पष्टिकरण दिएको छ । सञ्चालक समितिको उक्त जवाफको विषयमा बीमा सहितिले अहिलेसम्म पनि कुनै छानविन तथा निर्णय भने गरेको छैन । विभिन्न स्रोतहरुका अनुसार यस विषयमा बीमा समिति र सञ्चालक समितिका पदाधिकारीहरुले यस विवादलाई अगाडी नबढाउने जेन्टलमेन्ट एग्रिमेन्ट गरिसकेका छन् ।

आफुखुसी उच्च व्यवस्थापनमा बीमा क्षेत्र भन्दा बाहिरका व्यक्तिहरुलाई नियुक्ति गर्ने अनि प्रमुख कार्यकारी लगायत पुराना कर्मचारीहरुसँग रिजल्ट माग्ने सञ्चालकहरुको अवान्छित चरित्रका कारण प्रमुख कार्यकारी अधिकृत दवावमा पर्ने गरेका छन् ।

सञ्चालक लामिछानेले प्रसाई कार्यरत रहदै गर्दा केहि व्यक्तिहरुलाई प्रमुख कार्यकारी अधिकृतका लागि प्रस्ताव समेत गर्ने गरेका थिए । यसरी कार्यरत  सिइओको कार्यकाल एक वर्ष पनि पुरा नहुँदै बजारमा अर्को सिइओको खोजि गर्दै हिड्नु आफैमा चरम हस्तक्षेप थियो । बजार हल्ला अनुसार नेपाल लाइफले नविल बैंकका मनोज ज्ञवालीलाई प्रमुख कार्यकारी अधिकृतका लागि प्रस्ताव गरे पछि नविलले उल्टै उनलाई बढुवा गरेर जनरल म्यानेजर बनाएको थियो ।

कम्पनीको सञ्चालक अध्यक्ष तथा सदस्य  पद कार्यकारी पद होइन । तर कम्पनीको आन्तरिक संचरना तथा दैनिक काम कारबारहीमै निगरानी गर्ने, आदेश दिने, हस्तक्षेप गर्ने जस्ता हर्कतले सबैभन्दा ठुलो बजार हिस्सा भएको नेपाल लाइफ अहिले सबैभन्दा ठुलो समस्यामा छ ।

विगत ८/९ महिनादेखि कम्पनी प्रथम बीमा शुल्कमा पछाडी पर्दै आइरहेको छ । कुनै समय ३६ प्रतिशत बजार हिस्सा ओगटेको नेपाल लाइफ अहिले २५ प्रतिशतमा खुम्चिएको छ । यदि यस्तै गरी माइक्रोम्यानेजमेन्ट भइरहने हो भने कम्पनी थप खस्कने देखिएको छ । चालु आर्थिक वर्षमा नेपाल लाइफको मुनाफा समग्र जीवन बीमा कम्पनीहरु मध्ये कै कम रहेको  छ ।

सञ्चालक समितिले सिइओको हात बाध्न सिइओको काम कारबाही स्वतन्त्र पुर्वक गर्न पाउने गरी संयन्त्र बनाइदिएको पाइएको छ । जसमा प्रमुख कार्यकारी अधिकृत सहित अन्य उच्च व्यवस्थापन तहका कर्मचारी रहने गरी कोर कमिटी बनाइएको थियो । यदि सिइओले कुनै पनि निर्णय गर्नु पर्यो भने उक्त कोर कमिटी मार्फत प्रकृयाँ अगाडी बढाउने व्यवस्था थियो । कोर कमिटीमा सिइओ सहित नायव महाप्रवन्धक अमित कयाल, मानव संसाधन विभाग प्रमुख बन्दना रेग्मी तथा बरिष्ठ प्रबन्धक प्रेम रेग्मी सहितको चार जनाको कोर कमिटी बनाएर काम गर्न समेत दवाव दिइएको पाइएको छ ।

जवकी यो अभ्यास नीति नियम भन्दा विपरित छ । आफ्नै सिइओको विश्वास नगरी भएको अधिकार पनि छिने पछि कुनै पनि सिइओ नटिकेको जानकारहरु बताउछन् । प्रमुख कार्यकारी अधिकृतले सानो रकमको खर्च गर्नु पर्यो भने पनि उक्त कमिटीबाट स्वीकृत लिनु पर्ने वाध्यात्मक व्यवस्थाले कम्पनी धेरै नै कमजोर हुन्छ ।

यसरी बीमा कम्पनीको उच्च व्यवस्थापनमा सञ्चालकहरुको अनावस्यक हस्तक्षेपलाई बीमा समिति भने टुलु टुलु हेरेर बसिरहेको छ । सञ्चालक पद कार्यकारी पद नभएको हुँदा कम्पनीको माइक्रोम्यानेजमेन्टमा हाबी हुनु हुँदैन । कम्पनीका कर्मचारी कति बजे आउने कति बजे जाने, के खाने, को सँग बोल्ने भन्ने कुराको निगरानी राख्ने सञ्चालक भए पछि त्यस्तो कम्पनीका कर्मचारीहरुले कसरी काम गर्न सक्छन् ?

कम्पनी नीति नियम तथा पदद्तीबाट चल्नु पर्छ । कम्पनीमा धेरै नै नराम्रो भयो भने हेर्नु पर्छ । तर प्रमुख कार्यकारी अधिकृत भन्दा तल्लो तहका कर्मचारी नियुक्ति गर्ने, उनिहरुबाट सूचना लिएर अनावश्यक  कदमहरु अपनाउने जस्ता हर्कत नेपाल लाइफमा देखिदै आएको छ ।

सञ्चालकको माइक्रोम्यान्जेमेन्टका कारण यस अगाडी नै धेरै कर्मचारीहरुले कम्पनी छाडिसकेका छन् । कम्पनीको खर्च कटौती गर्ने भन्दै कम्पनीले गत चैत बैशाखमा अभिकर्ताको टार्गेटको सिलिङ बढायो । यसले गर्दा अभिकर्ताहरु रुष्ट भए । उनिहरुले नयाँ विजनेस नै ल्याएनन् । पछि उक्त निर्णयबाट कम्पनी पछाडी हट्नु पर्यो । यो कदम न त कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई चित्त बुझेको थियो नत उच्च व्यवस्थापनका कर्मचारीलाई नै । यसरी सञ्चालकहरुको दवावमा बढाइएको यस्तो टार्गेट फिर्ता लिनु पर्यो ।

यसै अवधिमा केहि पोलिसीमा धेरै खर्च देखिएको र घाटामा बिक्री गर्नु परेको भन्दै कम्पनीले पुराना पोलिसीलाई बन्द गरेर नयाँ पोलिसी जारि गर्यो  । नयाँ जारी गरेका पोलिसी तुलनात्मक रुपमा महंगो बनाइयो । यसले गर्दा कतिपय अभिकर्ताहरु अन्य बीमा कम्पनीमा सिफ्ट भए । नेपाल लाइफमा व्यवसाय दिदै आएका अभिकर्ताहरु समेत अन्य कम्पनीमा गए । यसले गर्दा कम्पनीको बीमा शुल्क आर्जनको बृद्धिदर नै घट्यो ।

सञ्चालकहरुले यति सम्म हस्तक्षेप गरेको पाइएको छ कि कर्मचारीहरुलाई विहान ७ बजे नै बोलाइन्छ । शनिवार तथा विदाको दिनमा पनि कम्पनीमा बोलाइन्छ । यस्तो हर्कत पछि कर्मचारीहरु सञ्चालकलाई देखेर आजित भइसकेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS