IME Life

नेपाल लाइफले अमित कयाललाई एमबिए पढ्न दियो ५ लाख १२ हजार, ‘पैसा दिए पछि बल्ल कार्यविधि’

SPIL
NIC ASIA

काठमाडौं । नेपाल लाइफले डेपुटी जनरल म्यानेजर अमित कयाललाई एमबिए अध्ययनका लागि ५ लाख १२ हजार रुपैयाँ भुक्तानी गरेको छ । जवकी यस्तो शिक्षा प्राप्त गरेका अझ यस्तो शिक्षा प्राप्त गरेका टपर नै नेपाल लाइफले सजिलै पाउन सक्छ । तर नेपाल लाइफका अध्यक्ष गोविन्द लाल संघाइले आफ्नै भान्जा पर्ने केयाललाई कार्यविधि नै नबनाइ पढ्नको लागि सो रकम दिएका हुन् ।

वाहिरबाट विरोध आउने थाहा पाए पछि सञ्चालक समितिले कयाललाई केन्द्रमा राखेर कार्यविधि बनाएको छ । कम्पनीको कार्यविधि अनुसार उनलाई उक्त रकम दिएको बताए पनि उनले अध्ययन सुरु गर्दा र भुक्तानी पाउदा कार्यविधि नै बनेको थिएन ।

Prabhu
Crest

पब्लिक लिमिटेड त्यसमा पनि सर्वसाधारण जनताको समेत लगानी भएको यस्तो कम्पनीमा सञ्चालकले मनलाग्दी आफ्ना मान्छेलाई जागिर खुवाउने तथा अन्य किसिमका सुविधा दिनु आफैमा आपत्तीजनक छ । योग्यता नै नपुगेका कयाललाई कम्पनीले पहिलो एक वर्षमै दुई पटक बढुवा गरेको थियो । अझै बढुवा गर्नका लागि शैक्षिक योग्यताले नपुग्ने भए पछि उनलाई एस कलेजमा एमबिए अध्ययनका लागि पठाइएको हो । त्यसमा पनि कम्पनीकै खर्चमा ।

सञ्चालकको चरम पदिय दुरुपयोग हुँदा समेत बीमा समितिले अहिलेसम्म कुनै पनि कारबाही गर्न सकेको छैन । उनको बढुवा आफैमा गैरकानुनी छ । समितिमा कयालको नियुक्ति गैरकानुनी हो भनेर उजुरी परेको थियो । उजुरी पछि समितिले कयालको नियुक्ति सम्बन्धी विवरण माग गरेको थियो । उनको नियुक्ति फाइल हेर्दा गैरकानुनी भएको समितिको ठहर छ । तर समितिले यस विषयमा अहिलेसम्म कुनै पनि कारबाही गरेको देखिदैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS