SKIP THIS

GBIME
IME Life
Beema Board

पब्लिकको पैसामा आफ्ना मान्छे पोस्दै नेपाल लाइफका सञ्चालक, कयालको तलब २ लाखबाट साढे चार लाख पुग्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सर्वसाधारण नेपालीको शेयर लगानी रहेको पब्लिक लिमिटेड कम्पनी ‘नेपाल लाइफ’ निश्चित सञ्चालक तथा संस्थापकको मनोमानीमा सञ्चालन हुँदै आएको छ । चुक्ता पूँजी, जीवन बीमा कोष, बीमा शुल्क आर्जन लगायतका सूचकमा पहिलो नम्बरमा रहेको नेपाल लाइफमा निश्चित व्यक्तिको हालिमुहालीले खोक्रो बन्दै गइरहेको छ ।

कर्मचारी विनियमावली तथा संस्थागत सुशासन निर्देशिका विपरित नियुक्त भएका अमित कयाललाई नेपाल लाइफले अवान्छित रुपमा पोस्दै आइरहेको छ । उनको विषयमा नेपाल बीमा प्राधिकरणले कारबाही गर्दा समेत कानुनको ठाडो उल्लङ्घन गर्दै कानुकै धज्जी उडाइरहेको छ ।

Prabhu
Crest

नेपाल लाइफ आफ्नालाई पोस्ने अखडा बनेको छ । कहिले सञ्चालकहरु आफै अनावस्यक रुपमा नियम विपरितका उपसमितिमा बसेर बैठक भत्ता असुल गर्ने त कहिले नियम विपरित शेयर प्लेज गरेर शेयरधतो कर्जा लिनेसम्मका संस्थागत सुशासन विपरितका काम हुँदै आइरहेको छ ।

कम्पनीले नियम विपरित अमित कयाललाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेर प्रचिलित नियमकै धज्जी उडाएको हो । यसरी नियम विपरित गरिएको नियुक्तिबाट अमित कयालको वार्षिक तलब सुविधा ह्वात्तै बढेको छ । भविष्यमा सिइओ बनाउने उद्देश्यले भित्र्याइएका कयाललाई मिल्ने भए कम्पनी सञ्चालक भोलि नै सिइओ बनाउन चाहन्छ । यसरी आफ्ना निकटलाई पोस्ने चरित्रले गर्दा पब्लिक लिमिटेड कम्पनीको सञ्चालन खर्चमा अत्याधिक बृद्धि भएको छ ।

कयाल एजिएम हुँदा उनको मासिक तलब सुविधा २ लाख १३ हजार रुपैयाँ थियो । नायव प्रमुख कार्यकारी अधिकृत हुने वित्तीकै उनको मासिक तलब सुविधा ४ लाख ४२ हजार पुगेको छ ।

कयाल नेपाल लाइफमा २०७७ असार २२ गते करारमा नियुक्त भएका थिए । तत्कालिन समयमा कयालको बैंक बीमा क्षेत्रमा कार्यानुभव नै थिएन । कम्पनीले नियम विपरित सहायक महाप्रवन्धक पदमा नियुक्त गरे पछि नेपाल बीमा प्राधिकरणले कारबाही नै गरेको थियो । कम्पनीले नियम विपरित यस पदबाट पनि एकै पटक तीन तह बढुवा गरेर नायव प्रमुख कार्यकारी अधिकृत बनाएको छ ।

प्राधिकरणले यस भन्दा अगाडी कारबाही गरेर पद घटुवा गर्दा पनि कयालले अन्य बाटोबाट नियम भन्दा बढि तलब सुविधा प्राप्त गरेका थिए । प्राधिकरणले योग्यताले खामेको पदमा मात्रै नियुक्त गर्न निर्देशन दिदा पनि कम्पनीले प्राधिकरणकै निर्देशनलाई ठाडै उल्लङ्घन गरेको छ । उनको जतिसुकै छिटो बढुवा गर्दा पनि बरिष्ठ महाप्रवन्धक पद भन्दा माथि बढुवा गर्न मिल्दैन । एस हिसावले उनको मासिक तलब सुविधा २ लाख ६८ हजार मात्रै हुन्थ्यो । तर कम्पनीले एक जना व्यक्तिका लागि आफ्नो सम्पुर्ण शक्ति खर्च गरिरहेको छ ।

कम्पनीले प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीलाई भने मासिक १० लाख रुपैयाँ तलब सुविधा उपलब्ध गराउदै आएको छ । नेपाल लाइफको सबैभन्दा तल्लो तहमा काम गर्ने पिउन, सहयोगी तथा ड्राइभरको मासिक तलब सुविधा २९ हजार रुपैयाँ रहेको छ । त्यस्तै सहायक स्तरको कर्मचारीको तलब सुविधा ३४ हजारबाट सुरु हुनेछ । अफिसर तहका कर्मचारीको तलब सुविधा ७३ हजारबाट सुरु हुन्छ । म्यानेजर तहको तलब सुविधा ९४ हजारबाट सुरु हुन्छ ।

नियम अनुसार कुनै व्यक्तिलाई नियुक्त गर्ने वा बढुवा गर्ने विषयले खासै महत्व राख्दैन । तर नियोजित रुपमा प्रचलित कानुन नै मिचेर गरेका हर्कले कम्पनीलाई हित पुर्याउदैन । त्यसमा पनि नेपाल लाइफमा हाल ११ लाख ८५ हजार भन्दा धेरै पोलिसी सक्रिय छन् । यसरी लाखौ बीमितको बचत व्यवस्थापन गर्ने कम्पनीले एउटा व्यक्तिका लागि यति धेरै आफ्नो शक्ति केन्द्रित गर्दा बीमितलाई अन्याय हुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

2%

खुसी

17%

दु :खी

7%

अचम्मित

2%

उत्साहित

72%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS