काठमाडौं । नेपाल जलवायू परिवर्तनको उच्च जोखिममा रहेको मुलुक हो। यहाँ भूकम्पिय जोखिम मात्र नभएर जलवायू परिवर्तनका कारण अनावृष्टि, अतिवृष्टि, बाढी, पहिरो, उच्च तापक्रमलगायतका कारणले जनजीवन झन् झन् कष्टकर बन्दै जाने जोखिम उच्च हुँदै गएको छ।
जलवायू परिवर्तनका कारण हिम पहिरो, हिउँदमा समेत पर्वतहरूको हिउँ हराउँदै जाने लगायतका समस्याहरू हामीले पछिल्ला केही वर्षयता सामना गर्दै आएका छाैं । गत वर्ष असोज महिनाको बेमाैसमी वर्षासँगैको बाढी पहिरोले अप्रत्याशितरूपमा धनजनको क्षति गर्यो।
यसरी माैसमी परिवर्तनका कारण हुने क्षतिहरू जटिल बन्दै गएको छ। क्षतिको मूल्याङ्कनको काम पनि जटिल बन्दै गएको छ। यस्तो अवस्थामा क्षति भएपछि क्षतिको मूल्याङ्कनका आधारमा भन्दा पनि पूर्व निर्धारित माैसमिय अवस्थाका आधारमा बीमितलाई क्षतिपूर्ती प्रदान गर्ने समाधान पनि प्रचलनमा आइसकेको छ। जहाँ पूर्व निर्धारित अवस्थाको विद्यमानता नै बीमितले क्षतिपूर्ती प्राप्त गर्ने मुख्य आधारका रूपमा स्वीकार्य हुन्छ, क्षति मूल्याङ्कनको प्रकृया पुरा गरिनुपर्दैन। त्यस्तो बीमा समाधान भनेको, प्यारामेट्रिक बीमा हो।
प्यारामेट्रिक बीमा एक सरल, सिधा र छिटो भुक्तानी गर्ने जोखिम स्थानान्तरण समाधान हो जुन एक विशिष्ट, पूर्व-परिभाषित घटना द्वारा निर्धारित गरिएको हुन्छ, जहाँ बीमितले तत्कालै भुक्तानी प्राप्त गर्छन् ।स्वतन्त्र, तेस्रो-पक्ष तथ्यांक स्रोतहरूद्वारा निर्धारण गरिए अनुसार यदि पूर्व निर्धारित अवस्थाको घटना हुन्छ (जस्तै प्राकृतिक प्रकोप वा मौसम घटना) , बीमितले तत्कालै क्षतिपूर्ती दाबी पाउँछ, क्षति मूल्याङ्कनको प्रकृया पुरा गर्नुपर्ने झण्झट हुँदैन । व्यापक जोखिम बहन र द्रुत दाबी भुक्तानी (जहाँ भुक्तानी घटनाको हप्ता भित्र उपलब्ध छ) ले ग्राहकहरूलाई अनिश्चितता कम गर्न र घटना पछि रिकभरीलाई छिटो बनाउन तरलतामा पहुँच प्रदान गर्न मद्दत गर्न सक्छ।
प्यारामेट्रिक बीमा कसरी काम गर्छ?
प्यारामेट्रिक बीमा जोखिम घटनाहरू वर्णन गर्न उपलब्ध तथ्यांकको बढ्दो मात्रामा आधारित जोखिम स्थानान्तरण उपकरण हो। यो विशेष गरी प्राकृतिक प्रकोपहरूको लागि राम्रोसँग उपयुक्त छ – तर यो अन्य उदीयमान जोखिमहरूमा पनि लागू गर्न सकिन्छ जहाँ पर्याप्त तथ्यांक उपलब्ध छ।
परम्परागत बीमाको प्रावधान विपरीत, जुन सामान्यतया जोखिम घटनासँग सम्बन्धित हानीहरूद्वारा प्रत्यक्ष रूपमा पुष्टी भएको हुनुपर्छ, प्यारामेट्रिक बीमा घटना वर्णन गर्ने डेटाद्वारा वर्णन गरिन्छ। यी घटनाहरूसँग सम्बन्धित तथ्यांक उपलब्धताको वास्तविक-समय प्रकृतिलाई ध्यानमा राख्दै, प्यारामेट्रिक बीमाले समय-उपभोग गर्ने र प्रायः व्यक्तिपरक मूल्याङ्कनको आवश्यकता बिना छिटो र अधिक कुशल भुक्तानीहरू अनुमति दिन्छ। थप रूपमा, प्यारामेट्रिक बीमालाई संस्थाहरूको आवश्यकताहरू पूरा गर्न अनुकूलित गर्न सकिन्छ, ग्राहकहरूले आफ्नो लचिलोपन बढाउन खोज्दा अधिकतम लचिलोपन प्रदान गर्दछ।
प्यारामेट्रिक बीमालाई के ले आकर्षक समाधान बनाउँछ?
स्वतन्त्र
पूर्वनिर्धारित घटना थ्रेसहोल्डहरू पुष्टी हुँदा कभरेज सक्रिय हुन्छ, जस्तै आँधीको निकटता र तीब्रता।
छिटोछरितो
दाबी भुक्ता परम्परागत बीमा भन्दा छिटो र अधिक पारदर्शी हुन्छ किनभने घटनाको पुष्टी कुनै स्वतन्त्र तेस्रो पक्षद्वारा गरिन्छ। क्षतिको आंकलन सामान्यतया एक दिन भित्र पुष्टि हुन्छ, क्षतिपूर्ती रकम सामान्यतया हप्ता भित्र आइपुग्छ।
लचिलो
पूर्व निर्धारित माैसमी वा प्राकृतिक अवस्थाबाट हुने कुनै पनि कभर गरिएको आर्थिक क्षति प्यारामेट्रिक बीमा अन्तर्गत क्षतिपूर्तियोग्य खर्च हो।
प्यारामेट्रिक बीमाले के जोखिम बहन गर्छ?
प्यारामेट्रिक जोखिमबहनहरू जोखिमहरूको ठूलो र बढ्दो सूचीको लागि उपलब्ध छन्। उदाहरण प्रयोगका केसहरूमा आँधीबेहरी र उष्णकटिबंधीय चक्रवातहरू; भूकम्प; गम्भीर आँधीबेहरी, असिना, , बाढी र डढेलो, खडेरी जस्ता माध्यमिक जोखिमहरू समावेश छन्; यसबाहेक अत्यधिक तापक्रम, अत्यधिक वर्षा वा हिमपात, हिमताल विष्फोट जस्ता जलवायू र मौसमी जोखिमहरू; साथै नदीको उचाइ जस्ता सञ्चालन सम्बन्धी चिन्ताहरू। गैर-भौतिक क्षति अन्तर्गत व्यापार अवरोध, साइबर, क्लाउड आउटेज, आपूर्ति श्रृंखला समस्या, र जलवायू परिवर्तन र संक्रमणसँग सम्बन्धित जोखिमहरू जस्ता उदीयमान जोखिमहरूका लागि पनि अनुप्रयोगहरू छन्।
नेपालमा प्यारामेट्रिक बीमाको आवश्यकताः
नेपालको बीमा बजारमा प्यारामेट्रिक बीमा सम्बन्धि प्रावधान जलविद्युत आयोजनामा लागू गरिएको छ। माथिल्लो त्रिशूली जलविद्युत परियोजना १ मा लागू गरिएको यो बीमा योजनाले नवप्रवर्तनका लागि सन् २०२२ मा इन्स्योरेन्स एशिया अवार्डस फर एक्सिलेन्स अन्तर्गत अण्डरराइटिङ इनिसिएटिभ अफ दि इयर ‘Underwriting Initiative of the Year’ विधामा उपाधी समेत हासिल गरेको छ। यसैगरी शिखर इन्स्योरेन्सले दातृ संस्थाको अनुदान सहयोगमा बर्दिया, कैलाली र कर्णाली प्रदेशका केही जिल्लाहरूमा पनि प्यारामेट्रिक तथा सूचकांकमा आधारित बाली बीमा योजना सञ्चालन गरिरहेको छ।
माैसमी सूचना संकलन गर्ने सीमित स्टेशन र पूर्वाधारहरूका कारण नेपालमा यस्तो बीमाको लाभ विस्तार हुन सकेको छैन। जलविद्युत परियोजना लगायतका ठूला परियोजनामा यो जतिको महत्वपूर्ण छ, स सानो परिमाणमा खेतीकिसानी गर्दै जीविको पार्जन गर्ने सीमान्तकृत वर्गका किसानका लागि यो उत्तिक्कै आवश्यक छ।
सरकारले लघु बीमा र कृषी तथा पशुपंक्षी बीमाको वास्तविक लाभ विस्तार गर्ने हो भने सूचकांकमा आधारित तथा प्यारामेट्रिक बीमाको कार्यान्वयनलाइ प्राथमिकताको सूचीमा समावेश गर्नुपर्छ। यसरी माैसमी सूचना तथा भरपर्दो तथ्यांकका आधारमा क्षतिपूर्ती निर्धारण गर्ने प्रणालीको कार्यान्वयनबाट कृषी बीमामा हुँदै अाएको अनियमितता र नक्कली बीमा दाबीको समस्या सम्बोधनका लागि समेत सरकारी प्रयासमा मद्दत पुग्नेछ ।
यो बीमाको विस्तारका लागि माैसम सूचना केन्द्र, माैसम स्टेशन, बालीनाली उत्पादनसँग सम्बन्धित भरपर्दो अनुसन्धान र सूचना संग्रह गर्ने, विश्लेषण गर्ने प्रणालीको विकास गर्नुपर्छ। सरकारले निजी क्षेत्रको सामाजिक उत्तरदायीत्व अन्तर्गतको कार्यमा सहकार्य गरेर वा दातृ निकायसँगको सहकार्यमा माैसमी सूचना संकलनका लागि आवश्यक पूर्वाधारहरूको निर्माण र सञ्चालनलाइ बिस्तारित गर्नुपर्छ।