काठमाडौं । दक्षिण कोरियाको वित्तीय सेवा आयोग (एफएससी) ले सन् २०२६ को आफ्नो बृहत् वित्तीय क्षेत्र सुधार अजेन्डाको एक भागका रुपमा एआई सञ्चालित बीमा ठगी रोकथाम पूर्वाधार निर्माण गर्ने भएको छ। जसको उद्देश्य बीमा ठगी पत्ता लगाउने र रोकथामलाई बलियो बनाउने हो।
वित्तीय सेवाहरुलाई अझ विश्वसनीय बनाउने योजनाको एक भागका रुपमा आयोगको नीति अजेन्डामा यो उल्लेख गरिएको छ। आयोगका अनुसार यसले एन्टी–मनी लाउन्ड्रिङ (एएमएल) क्षमताहरुलाई बलियो बनाउन उपायहरुसँगै एआईमा आधारित बीमा ठगी रोकथाम पूर्वाधार निर्माण गर्नेछ। यो वित्तीय बजारमा विघटनकारी गतिविधिहरुलाई सम्बोधन गर्न र वित्तीय स्थिरतालाई बलियो बनाउन यसको सुधारहरुमध्ये एक हो।
यस बृहत् कार्यक्रममा वित्तीय सेवाहरुमा एआई अपनाउने कार्यलाई तीव्र बनाउन कर्पोरेट शासन, पर्यवेक्षक प्रक्रिया र डिजिटल नियमनमा सुधारहरु पनि समावेश छन्। –एजेन्सी












