IME Life New

व्यावसायिक राम कहानीः होटल व्यवसायसँगै जोडिए बीमा व्यापारमा, भन्छन्, ‘अभिकर्ता पेसालाई सधैँ सलाम’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राम जर्गा मगर सानै उमेरदेखि जिज्ञासु स्वभावका थिए। ओखलढुंगामा जन्मिए पनि बुवा भारतीय सेनामा हुनाले प्रायः भारतमै बाल्यकाल बित्यो। बुवाको रिटायरमेन्टसँगै रामको परिवार नेपाल फर्किए। राम पनि कलेज पढ्दै थिए। भारतीय सेनाबाट अवकास हुँदा राम्रै रकम लिएर आएका उनका बुवालाई नेपालमै ‘केही गरौँ’ भन्ने सोच पलायो।

ओखलढुंगाका रामको परिवार पोखरालाई बासस्थान बनाउन हानियो। नयाँ बस्तीमा घर जग्गा जोडेपछि बाँकी रकम र बैंकबाट कर्जा लिई विदेशी पर्यटक लक्षित होटल व्यवसाय सुरु गरे।

Esewa
Crest

पर्यटकीय नगरी पोखरा र त्यसमाथि नेपालमा विदेशी पर्यटक बढ्दो क्रममा रहेका बेला व्यवसायले राम्रै उचाइ लियो। वर्षमा १–२ महिना अफसिजन हुन्थ्यो। बाँकी समय भ्याइ–नभ्याई।

छिट्टै साथी बनाउने र साथी भनेपछि हुरुक्कै हुने हुनाले बेला–बेला बुवाको गाली खाइराख्थे, रामले। अफसिजनमा पोखराकै एक साथीले जीवन बीमा गर्नुपर्छ भन्न थाले। रामले सोचौँलामात्र भने। अन्नपूर्ण बेस क्याम्पमा भ्रमण दलमा सँगै थिए, जीवन बीमा गर्नुपर्छ भन्ने साथी। जिज्ञासु स्वभावका रामले जीवन बीमाका बारेमा विस्तृत बुझे अनि अभिकर्ता पेसाका बारेमा पनि। उनलाई जीवन बीमासँगै अभिकर्ता पेसाले पो धेरै आकर्षित गर्यो।

अन्नपूर्ण बेस क्याम्पबाट फर्केपछि जीवन बीमा कम्पनीको पोखरा कार्यालयमा गएर विस्तृत बुझे। चाँडै अभिकर्ताको तालिम लिई लाइसेन्स पनि प्राप्त गरे। अब बीमा गर्ने मान्छे खोज्न थाले। घर, परिवार, आफन्त, साथीभाइबाट सुरु गरे।

होटल व्यवसायको सिजन सुरु हुने समयसम्म त उनले १५ जनालाई जीवन बीमामा आबद्ध गराइसकेका थिए। उनीहरुको आर्थिक सुरक्षाको जिम्मा जीवन बीमा कम्पनीको हातमा सुम्पिई पनि सकेका थिए। अफ सिजनमा पनि जीवन बीमा अभिकर्ता पेसाबाट राम्रो आम्दानी भएपछि होटल व्यवसायसँग सँगै अभिकर्ता पेसालाई लैजाने निधो गरे।

जीवन बीमाका बारेमा बुझाएर, यसका यथार्थपरक फाइदाहरु र आर्थिक जोखिम बहनका पक्षहरुलाई व्यवहारिक तरिकाले बुझाउँदा उनले भनेका व्यक्तिहरुले जीवन बीमा गरेकै छन्। आफ्नो अनुकूल समय मिलाई जति पनि आम्दानी गर्न सकिने हुनाले अभिकर्ता पेसा उनलाई पहिलो रोजाइ हुन पुग्यो। होटल व्यवसाय पनि सँगै लगेका छन्। जुन राम्रोसंग चलि पनि रहेको छ।

जीवन बीमा व्यवसायमा प्राप्त सफलता र आम्दानीको हौसलाले गण्डकी प्रदेशकै उत्कृष्ठ अभिकर्ता हुन पुगे। कम्पनीबाट प्राप्त हुने मान, सम्मान, नाम र दामले गर्दा आफ्नो रफ्तार अगाडि बढाउँदै लगे। अर्को वर्ष त देशभरिका अभिकर्तामध्ये तेस्रो स्थान हासिल गर्न पुगे। सबैको अनुकरणीय व्यक्तिका रुपमा परिचय बनाउन सफल भए।

अहिले अभिकर्ताको अन्तर्राष्ट्रिय फोरम एमडीआरटीमा समेत भाग लिन योग्य भइसकेका छन्। पोखरामै उनले आफ्नो छुट्टै अभिकर्ता सम्पर्क कार्यालय बनाएका छन्। अहिले जीवन बीमा गराउन उनलाई खोजी–खोजी उनको कार्यालयमा आउने गर्दछन्। यो परिदृष्य एकै दिन एकै समय भएको होइन। निरन्तरको मेहेनत, ऊर्जा र हौसलाको परिणाम हो, यो सफलता। त्यसैले त राम भन्छन्, ‘म होटल व्यवसायी मान्छे तर समयले कहाँ पुर्यायो, कहाँ छुट्टै पहिचान, बेग्लै सफलता, अनि आत्मसम्मान। त्यसैले अभिकर्ता पेसालाई सधँै सलाम।’

(यो कथा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको युट्युबाट लिइएको हो।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS