काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलमा ०.५० प्रतिशत वा सोभन्दा बढी शेयर हिस्सा रहेका शेयरधनीको संख्या २९ रहेको छ।
बैंकको सबैभन्दा ठूलो शेयरधनीका रुपमा नागरिक लगानी कोष रहेको छ। कोषको स्वामित्वमा कुल ५१ करोड ९६ लाख ९६ हजार ५१९ रुपैयाँ बराबरको ५१ लाख ९६ हजार ९६५.१९ कित्ता शेयर रहेको छ। जुन कुल शेयरको ३.३५ प्रतिशत हिस्सा हो।
दोस्रो स्थानमा रहेका मनोहर दास मूलको २१ करोड २५ लाख ८८ हजार ६६ रुपैयाँबराबरको २१ लाख २५ हजार ८८०.६६ कित्ता शेयर अर्थात् १.३७ प्रतिशत हिस्सा छ।
त्यसैगरी तेस्रो ठूलो शेयरधनीका रुपमा विजेन्द्र जोशी रहेका छन्। उनको बैंकमा २१ करोड १ लाख १ हजार २९८ रुपैयाँ बराबरको २१ लाख १ हजार १२.९८ कित्ता शेयर अर्थात् १.३५ प्रतिशत स्वामित्व कायम छ।












