IME Life New

कार्यकारी ढोकामा पुगेर रोकिन्छ नेपालको बीमा क्षेत्रमा महिलाका लागि अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बीमा क्षेत्रमा काम गर्ने महिला कर्मचारीहरू मध्यम व्यवस्थापन तहसम्म सहजै पुगे पनि उच्च कार्यकारी तहमा पुग्ने बेला भने उनीहरूको बढुवा रोकिने गरेको पाइएको छ। नेपाल बीमा प्राधिकरणको बढुवा सम्बन्धी तथ्याङ्कले यो विडम्बनापूर्ण चित्र देखाएको हो।

नेपाल बीमा प्राधिकरणको “इन्स्योरेन्स थ्रु अ जेण्डर लेन्सः अ फेमा मिटर एसेसमेण्ट इन नेपाल”  विषयक अध्ययन प्रतिवेदनले कम्पनीहरूको नीतिगत कमजोरी उजागर गरेको छ। प्रतिवेदन अनुसार जीवन बीमा कम्पनीहरूमा २७.८ प्रतिशत पुरुष कर्मचारी कार्यकारी तहमा पदोन्नत हुँदा महिलाको हकमा यो दर जम्मा ७.७ प्रतिशत मात्र रहेको छ। निर्जीवन बीमा कम्पनीहरूमा १०.३ प्रतिशत पुरुष कार्यकारी तहमा बढुवा हुँदा एक जना पनि महिलाको बढुवा भएको छैन। यस्तै लघु जीवन बीमामा ५.९ प्रतिशत पुरुष बढुवा हुँदा महिला शून्य छन् भने लघु निर्जीवनमा ५.३ प्रतिशत पुरुष बढुवा भएका छन्।

Esewa
Crest

तल्लो र मध्यम (व्यवस्थापक) तहमा भने महिलाहरूको पदोन्नति दर पुरुष सरह वा केही बढी नै देखिन्छ। जीवन बीमामा २०।५ प्रतिशत महिला र २१.८ प्रतिशत पुरुष म्यानेजर तहमा पदोन्नत भएका छन्। लघु जीवन बीमामा २२.२ प्रतिशत महिला र १३.६ प्रतिशत पुरुषको बढुवा भएको छ। समग्र कर्मचारीतर्फ निर्जीवन बीमामा १३।४ प्रतिशत महिला र ११.६ प्रतिशत पुरुषको बढुवा भएको छ।

यस तथ्याङ्कले महिलाहरू मध्यम तहसम्म स्तरोन्नति भए पनि माथिल्लो कार्यकारी तहको ढोका उनीहरूका लागि अझै कठिन रहेको देखाउँछ। प्राधिकरणले पदोन्नतिको तथ्याङ्कलाई सुक्ष्म रूपमा अनुगमन गर्न र महिलाहरूलाई नेतृत्व तहसम्म पुग्न समान अवसर र वातावरण मिलाउन कम्पनीहरूलाई निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS