IME Life New

भायानेटले ल्यायो ‘आजको प्रब्लम, आजै फिक्स’ सेवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भायानेट कम्युनिकेसन्स लिमिटेडले आफ्ना ग्राहकलाई छिटो र प्रभावकारी प्राविधिक सहयोग प्रदान गर्ने उद्देश्यले ‘आजको प्रब्लम, आजै फिक्स’ सेवा शुरू गरेको छ।

यस सेवाअन्तर्गत साँझ ५ बजेअघि दर्ता गरिएका इन्टरनेटसम्बन्धी प्राविधिक समस्या सोही दिन समाधान गर्ने लक्ष्यसहित प्राथमिकतामा राखिने कम्पनीले जनाएको छ ।

Esewa
Crest

ग्राहकको समस्याको प्रकृतिअनुसार भायानेटले रिमोट सपोर्टमार्फत वा आवश्यक परे प्राविधिक टोली ग्राहकको घरमै पठाएर समस्या समाधान गर्नेछ।

ग्राहक सेवामा विशेष प्राथमिकता दिँदै आएको भायानेटले यस सेवामार्फत इन्टरनेटमा समस्या आउँदा ग्राहकले लामो समय कुर्नुपर्ने अवस्थालाई कम गर्दै छिटो, सहज र भरपर्दो सेवा अनुभव प्रदान गर्ने विश्वास लिएको छ।

प्राविधिक सहयोगका लागि ग्राहकहरूले भायानेटको सपोर्ट नम्बर ०१-५९७०४४४ मा सम्पर्क गर्न सक्नेछन्।

तर, नियम तथा सर्तहरू लागू हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS