IME Life New

नेपाली बीमा बजारमा जीवन बीमालेख व्यतीत हुने उच्च दर सुधारका लागि पाँच बुँदे सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले त्रिभुवन विश्वविद्यालय गणित र विज्ञान शिक्षण संस्थानसँगको सहकार्यमा हालै सार्वजनिक गरेको नेपालमा जीवन बीमालेख व्यतीत र समर्पणमा असर पार्ने सामाजिक आर्थिक कारकहरूको विश्लेषण अध्ययन प्रतिवेदनले बीमालेख व्यतित हुने दर घटाउन महत्वपूर्ण सुझावहरू दिएको छ।

जीवन बीमा क्षेत्रमा बढ्दो व्यतीत दर रोक्न र बीमक नगद प्रवाहलाई सुदृढ बनाउन प्रतिवेदनले पाँच बुँदे रणनीतिक सिफारिस प्रस्तुत गरेको छ।

Esewa
Crest

१) बिक्री पूर्व अनिवार्य उपयुक्तता मूल्याङ्कन लागू गर्नेः
नेपाल बीमा प्राधिकरणले पोलिसी जारी गर्नु अघि नै वित्तीय अण्डरराइटिङ र बीमितको उपयुक्तता सम्बन्धी मापदण्ड अनिवार्य गर्नुपर्छ। बीमकहरूले ग्राहकको आम्दानीको निरन्तरता र मौजुदा दायित्व मूल्याङ्कन गर्नुपर्छ। अभिकर्ताहरूलाई ग्राहकको वास्तविक बचत क्षमता भन्दा बढी प्रिमियमको पोलिसी बिक्री गर्न प्रतिबन्ध लगाइनुपर्छ, जसले गर्दा पछि प्रिमियम तिर्न नसकेर पोलिसी व्यतीत हुने दर घट्नेछ।

२) लचिलो बीमा योजना संरचनाको निर्माणः
पारम्परिक बचत बीमा योजनाहरूमा संरचनात्मक लचिलपन समावेश गरी नयाँ ढाँचा बनाइनुपर्छ। ग्राहकहरू आर्थिक सङ्कटमा परेका बेला बीमालेख व्यतीत हुनुको साटो लचिलो किस्ता भुक्तानी, स्वचालित घटाइएको भुक्तानी वा निश्चित समयका लागि बीमाशुल्क भुक्तानीमा छुट जस्ता सुविधा उपलब्ध गराई बीमा जोगाउने विकल्प दिनुपर्छ।

३) शाखा स्तरमा समर्पित रिटेन्सन युनिट स्थापनाः
जीवन बीमा कम्पनीहरूले अभिकर्तामा मात्र निर्भर रहने परिपाटी हटाई शाखा स्तरमै छुट्टै ग्राहक संरक्षण तथा सेवा डेस्क स्थापना गर्नुपर्छ। स्वचालित पूर्व सूचना प्रणाली मार्फत नवीकरण नभएका बीमालेखहरूको ट्रयाकिङ गरी निष्क्रिय वा पेशा छाडेका अभिकर्ताका अलपत्र बीमालेखलाई सिधा सम्पर्क गरी नवीकरण गराउने व्यवस्था मिलाइनुपर्छ।

४) व्यतीत बीमालेख पुनर्जागरण प्रक्रिया सरलीकरणः
व्यतीत भइसकेका बीमालेखहरूलाई पुनर्जागरण गर्ने प्रशासनिक प्रक्रिया सरल र डिजिटल बनाइनुपर्छ। जटिल कागजी प्रकृया अन्त्य गर्दै, आर्थिक मन्दीका बेला ढिलो बीमाशुल्क भुक्तानीमा लाग्ने दण्डनीय ब्याजदर पूर्ण वा आंशिक रूपमा छुट दिएर बीमितलाई पुनः बीमालेख निरन्तरता दिन प्रोत्साहन गर्नुपर्छ।

५) तल्लो तहसम्म बीमा साक्षरता अभियानः
प्राधिकरण र बीमा कम्पनीहरूले संयुक्त रूपमा स्थानीय स्तरसम्म लक्षित साक्षरता अभियान चलाउनुपर्छ। सुरुवाती वर्षमै बीमालेख समर्पण गर्दा हुने ठूलो वित्तीय नोक्सानीबारे आम नागरिकलाई सचेत गराउँदै, बीमालेख धितोमा पाइने ऋण सुविधा तथा डिजिटल भुक्तानी प्रणाली जस्ता सुरक्षात्मक विकल्पहरूबारे प्रस्ट बुझाउनु पर्छ।

अध्ययन प्रतिवेदन अनुसार,  अनुसार आर्थिक वर्ष २०८०।८१ मा मात्रै ११ लाख ५८ हजार २९९ वटा जीवन बीमालेख नवीकरण नभई व्यतीत भएका छन्। यसबाट रु ३६ अर्ब ५१ करोड बराबरको बीमाशुल्क जोखिममा परेको छ । सोही अवधिमा १ लाख १३ हजार ९७६ वटा बीमालेखहरू समर्पण हुँदा रु १४ अर्ब ५० करो प्रणालीबाट बाहिरिएको छ।

प्रतिवेदन अनुसार ७८.९ प्रतिशत बीमितले आर्थिक मन्दी, रोजगारी गुमामो वा व्यवसायमा आएको गिरावटका कारण नियमित किस्ता भर्न नसकेको बताएका छन्। साथै, ७६ प्रतिशत अभिकर्ताहरूले आफन्त वा साथीभाइको दबाबमा बीमा गराइने गरेकाले पछि व्यतीत हुने गरेको स्वीकारेका छन् । यसलाइ बीमितबाट प्राप्त प्रतिकृयाले पनि पुष्टी गरेको छ। सर्वेक्षणमा सहभागि गराइएकामध्ये ६९.६ प्रतिशत बीमितहरूले अभिकर्ताको गलत विवरण वा बढाएर देखाइएको प्रतिफलको प्रलोभनका कारण बीमालेख अलपत्र परेको गुनासो गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS