IME Life New

नारायणगढ-हेटौँडा खण्ड र मुग्लिन-आँबुखैरेनी सडक खण्डको स्तरोन्नतिमा रू ३८ अर्ब लगानी गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंकबिच सासेक राजमार्ग सुधार तथा पारिस्थितिकीय प्रणाली पुनस्थापना परियोजनाका लागि २८५ मिलियन अमेरिकी डलर (करिब ३८ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर (करिब २ अर्ब ६५ करोड रुपैयाँ) अनुदान सहायता सम्झौता भएको छ।

अर्थ मन्त्रालयमा कात्तिक शुक्रबार आयोजित कार्यक्रममा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव र एसियाली विकास बैंकका नेपाल प्रतिनिधिले हस्ताक्षर गरेका छन्।

Esewa
Crest

यस परियोजना अन्तर्गत पूर्व-पश्चिम राजमार्गको नारायणगढ-हेटौँडा खण्ड र पृथ्वी राजमार्गको मुग्लिन-आँबुखैरेनी खण्डको स्तरोन्नति गरिनेछ।

आयोजना कार्यान्वयन गर्दा संरक्षित वन्यजन्तु र पर्यावरणलाई हानि नपुर्याई समयमै काम सम्पन्न गर्न सरोकारवालाहरूले जोड दिएका छन्।

यो सडक स्तरोन्नति परियोजना नेपालको समग्र अर्थतन्त्र, आपूर्ति व्यवस्थापन र जनजीवनका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ। नारायणगढ-हेटौँडा खण्ड नेपालको सबैभन्दा ठूलो व्यापारिक नाका वीरगञ्जबाट भित्रिने मालसामान देशका विभिन्न भागमा पुर्याउने मुख्य मार्ग हो, जसले दैनिक उपभोग्य वस्तु, इन्धन र कच्चा पदार्थको ढुवानीलाई सहज बनाउँछ। त्यस्तै मुग्लिन-आँबुखैरेनी खण्डले देशको राजधानी काठमाडौँलाई पर्यटकीय नगरी पोखरा र पश्चिम नेपालका अन्य भूभागसँग सीधा जोड्दछ।

यी खण्डहरूको विस्तारले सवारी चाप र यात्रा समय घटाउनुका साथै सडक दुर्घटना न्यूनीकरण गर्न, चितवन र हेटौँडाका औद्योगिक तथा कृषि उत्पादनलाई बजारीकरण गर्न र आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुर्याउनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS