IME Life New

मापदण्डविपरीत कार्यक्रमको अनुमतिमा संलग्नलाई कारवाहीको दायरामा ल्याउने सहमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै २५ औँ सत्याग्रहमा बसेका प्रा. डा. गोविन्द केसी र नेपाल सरकारबीच शनिबार बिहान ६ बुँदे सहमति भएको छ।

मापदण्डविपरीत कार्यक्रमको अनुमति वा सिट थप गरिएको अथवा स्वार्थको द्वन्द्व देखिएमा त्यसमा संलग्न आयोग, विश्वविद्यालय र मेडिकल कलेजका पदाधिकारीलगायतलाई कारवाहीको दायरामा ल्याइने सहमति भएको छ।

Esewa
Crest

सहमतिमा चिकित्सा शिक्षा सुधार, मेडिकल कलेजको सिट निर्धारण, विश्वविद्यालयका पदाधिकारी नियुक्ति तथा सरकारी मेडिकल कलेज स्थापना लगायतका विषयमा सहमति भएको छ।

चिकित्सा शिक्षा आयोगको निर्णयबमोजिम सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई एमबीबीएसलगायत शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति प्रदान गरी सिट संख्या निर्धारण गरिने सहमति बनेको छ।

त्यस्तै, नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको आर्मी मेडिकल कलेजमा एमबीबीएसको सिट संख्या थप गरिएको निर्णय मापदण्डअनुसार भए,नभएको छानबिन गर्न प्रा. डा. रमेशप्रसाद आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिनेछ।

यसैगरी, दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ मा पदाधिकारीको योग्यता तथा नियुक्तिसम्बन्धी व्यवस्था संशोधन गरी दुई साताभित्र मन्त्रिपरिषदबाट अध्यादेश जारी गर्ने सहमति भएको छ।

सहमति कार्यान्वयनको अनुगमन गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार शैलेन्द्र झा, मन्त्रालयका एक सहसचिव तथा डा. केसीका तर्फबाट विजयबाबु शिवाकोटी र डा. अमृत जैसीसहितको कार्यदल गठन गरिनेछ।

त्यस्तै, डडेलधुरा, इलाम र उदयपुरमा सरकारी मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न आवश्यक बजेट विनियोजन तथा पूर्वाधार विकासको काम अघि बढाउने सहमति भएको छ।

बर्दिबासमा मेडिकल कलेज स्थापना तथा सञ्चालनको प्रक्रिया पनि तत्काल अघि बढाइने सहमति भएको छ।

२४ औँ सत्याग्रहका क्रममा २०८३ साउन ११ गते भएको सहमतिमा कार्यान्वयन हुन बाँकी रहेका बुँदाहरू पनि पालना गर्ने सरकारले प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS