काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करिब पौने ३५ लाख कित्ता शेयर थपिएको छ।
नेप्सेमा सुपर मादी हाइड्रोपावरको बोनस शेयर सूचीकृत भएको हो। यो कम्पनीको ३४ लाख ७२ हजार ८७५ कित्ता बोनस शेयर सूचीकृत भएको छ।
सुपर मादी हाइड्रोपावरले अघिल्लो आर्थिक वर्षमा शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। सोही शेयर आज नेप्सेमा सूचीकृत भएको हो।












