काठमाडौं । शेयर बजार सोमबार भारी अंकले घटेको छ। नेप्से परिसूचक ३२.६५ अंकले घटेर २६५७.५० को विन्दुमा झरेको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका सबै समूह घटेका छन्। यो दिन विकास बैंक समूह सर्वाधिक १.८८ प्रतिशतले घटेको छ।
आज बजारमा २१ कम्पनीको शेयरभाउ बढेको छ भने २५२ कम्पनीको घटेको छ। यो दिन ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ७ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार घलेम्दी हाइड्रोको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी













