IME Life New

आधुनिक चिया क्याफेदेखि कक्षा कोठासम्म, युवालाई कसरी निल्दैछ चुरोट र भेपको कुलत ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सहरी युवामाझ पछिल्लो समय ‘आधुनिकता’ र ‘स्टाइल’ को नाममा मौलाएको धुम्रपान संस्कृतिले भयावह रुप लिन थालेको छ। विशेषगरी १५ देखि ३२ वर्ष उमेर समूहका किशोरकिशोरी तथा युवामा चुरोट र आधुनिक भेपको कुलत अनियन्त्रित बन्दै गएको छ।

घरपरिवारको नजरबाट टाढै रहेर गल्लीगल्लीमा खुलेका ‘चिया रेस्टुरेन्ट’ र क्याफेहरु युवाहरुका लागि धुम्रपानको ‘सेफ हेभेन’ बनेका छन् भने अर्कातर्फ विद्यालय र कलेजका कक्षा कोठासम्मै ‘भेप’को पासो फैलिएको छ। नेपालको समग्र चुरोट बजारको आकार वार्षिक रुपमा करिब ३५ देखि ४० अर्ब रुपैयाँको हाराहारीमा रहेको अनुमान गर्न सकिन्छ।

Esewa
Crest

राष्ट्रिय जनगणनाअनुसार नेपालको कुल जनसंख्याको करिब ३५ देखि ४० प्रतिशत हिस्सा १५ देखि ३२ वर्ष उमेर समूहले ओगटेको छ। यही उमेर समूह सहरी क्षेत्रमा संगतको प्रभाव, फेसन र आधुनिक देखिने मोहका कारण सबैभन्दा बढी कुलतमा फस्ने गरेको छ।

गल्लीगल्लीमा खुलेका चिया रेस्टुरेन्टहरु लुडो, ब्लक्स र क्यारेमबोर्ड खेल्ने सुविधा दिएर युवाहरुलाई दिनभर बिताउने वातावरण बनाइएको हुन्छ। समयको कुनै पाबन्दी नहुने र सस्तो मूल्यमा चियासँगै चुरोट उपलब्ध हुने भएपछि पहिलोपटक चिया पिउन पुग्ने किशोरकिशोरीसमेत सजिलै ‘चेन स्मोकर’ बन्न पुगिरहेका छन्। त्यस्तै बाल्न नपर्ने, तुरुन्तै खल्तीमा हाल्न मिल्ने र गन्ध कम आउने भएकाले ‘भेप’ सीधै विद्यालय र कलेजका कक्षा कोठासम्मै भित्रिएको छ।

कानुनअनुसार १८ वर्षभन्दा कम उमेरका बालबालिका तथा किशोरकिशोरीलाई सूर्तिजन्य पदार्थ बिक्रीवितरण गर्न वा निःशुल्क उपलब्ध गराउन पूर्ण रुपमा निषेध गरिएको छ। शैक्षिक संस्था, स्वास्थ्य संस्था, बाल कल्याण गृह, सार्वजनिक स्थल र यातायातका साधनहरुमा धुम्रपान गर्न पाइँदैन। शिक्षण संस्थाको तोकिएको परिधिभित्र यस्ता पदार्थ बिक्रीमा रोक लगाइएको छ।

सार्वजनिक स्थलमा नियमविपरीत धुम्रपान गर्ने वा गराउनेहरुलाई कानुनबमोजिम जरिवाना तथा स्थलगत सजायको व्यवस्था गरिएको छ। पछिल्ला प्रस्तावित कानुनी संशोधन तथा नियमहरुले भेप (इलेक्ट्रोनिक सिगरेट) र निकोटिनयुक्त नयाँ उत्पादनहरुको आयात, बिक्री र सञ्चयमाथि अझ कडा प्रतिबन्ध लगाउँदै ५ लाखदेखि ७ लाख रुपैयाँसम्म जरिवाना गर्ने कडा प्रावधानहरु अघि बढाएका छन्।

तर स्थानीय बजार, गल्लीका चिया पसल र क्याफेहरुमा यी कानुनी प्रावधानहरुको खुलेआम धज्जी उडाएको छ। अनुगमन गर्ने निकायको उदासीनताका कारण अल्पायुमै बालबालिकातर्फ सूर्तिजन्य पदार्थको पहुँच बढिरहेको छ।

विश्व स्वास्थ्य संगठन र ग्लोबल क्यान्सर अब्जरभेटरीका तथ्यांकहरुले नेपालमा नसर्ने रोग र क्यान्सरको भार तीव्र रुपमा बढेको देखाएको छ। नेपालमा हुने कुल क्यान्सर रोगीहरुमध्ये पुरुषमा ३५ प्रतिशतभन्दा बढी र महिलामा १७ प्रतिशतभन्दा बढी क्यान्सरको प्रमुख कारक सूर्तीजन्य पदार्थको सेवन रहेको चिकित्सा अनुसन्धानले पुष्टि गरेका छन्। त्यसमध्ये पनि फोक्सोको क्यान्सरका ८० देखि ९० प्रतिशत बिरामीहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा धुम्रपानकै सिकार भएका हुन्छन्। चिया पसलको गफ र भेपको कुलतबाट सुरु हुने यो सानी कुलतले युवा पुस्तालाई दीर्घकालीन रुपमा प्राणघातक क्यान्सरको मुखमा धकेलिरहेको छ।

AI Generated Image

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS