IME Life New

यस्तो छ बीमा प्राधिकरणको अध्यक्ष नियुक्त डा. राजन विक्रम थापाको पृष्ठभूमी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा सरकारले नेपाल राष्ट्र बैंकको पूर्व कार्यकारी निर्देशक डा. राजन विक्रम थापालाई नियुक्त गरेको छ। नेपाली बैंकहरूमा जोखिम व्यवस्थापनमा संस्थागत सुशासनको प्रभाव विषयमा शोधग्रन्थ पूरा गरी विद्यावारिधि (पीएचडी) हासिल गरेका थापाको काँधमा बीमा कम्पनीहरूमा संस्थागत सुशासनको थिती बसाल्नुपर्ने प्रमुख चुनाैती छ।

बीमा प्राधिकरणले एक वर्षभन्दा लामो समयपछि मात्र पुरा ४ वर्षे कार्यकालका लागि कार्यकारी अध्यक्ष पाएको छ। योग्यता सम्बन्धी विवादका कारण तत्कालीन अध्यक्ष शरद ओझा २०८२ भदाै २ गते बर्खास्तमा परेपछि प्राधिकरण विभिन्न मन्त्रालयका सहसचिवहरूको भरमा चल्दै आएको थियो। २०८१ फागुन १२ गते एमाले काँग्रेस गठबन्धन सरकारले ओझालाइ नियुक्त गरकेो थियो।

Esewa
Crest

नवनियुक्त अध्यक्ष थापा नेपाल राष्ट्र बैंकमा लगभग तीन दशकको लामो अनुभव संगालेका एक अनुभवी केन्द्रीय बैंकिङ पेशाकर्मी हुन्। उनले राष्ट्र बैंकमा बैंकिङ नियमन तथा सुपरिवेक्षण, जोखिम व्यवस्थापन, कर्पोरेट योजना, नीति कार्यान्वयन र संस्थागत सुशासनका क्षेत्रमा महत्त्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्।

उनी अध्यक्ष नियुक्त हुनु अघिसम्म पनि राष्ट्र बैंकको कर्पोरेट योजना तथा जोखिम व्यवस्थापन विभागमा कार्यकारी निर्देशकको रूपमा कार्यरत थिए। त्यसअघि गभर्नरको कार्यालय, वित्तीय संस्था सुपरिवेक्षण विभाग र बैंक सुपरिवेक्षण विभागमा वरिष्ठ नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्। साथै, उनले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक समिति तथा लगानी समितिका सदस्यको रूपमा बोर्ड स्तरको सुशासनको अनुभव समेत हासिल गरेका छन्।

प्राधिकरणको नेतृत्वका लागि आवश्यक उच्च प्राज्ञिक तथा व्यावसायिक योग्यता पूरा गरेका थापाले विभिन्न प्रतिष्ठित विषयमा उच्च शिक्षा हासिल गरेका छन् । उनले त्रिभूवन विश्वविद्यालयबाट व्यवस्थापनमा एमफिल, अर्थशास्त्रमा एमए, एमबिए र एलएलबी तहको शैक्षिक योग्यता हासिल गरेका छन् ।  उनले विद्यावारिधि (पीएचडी)  भने भारतको सिंघानिया विश्वविद्यालयबाट हासिल गरेका हुन्।

वित्तीय स्थिरता, बेसवेल फ्रेमवर्क र नियमनका क्षेत्रमा उनले अमेरिका, बेलायत, स्विट्जरल्याण्ड, फ्रान्स, जापान, दक्षिण कोरिया लगायतका विभिन्न मुलुकमा आयोजित अन्तर्राष्ट्रिय तालिम तथा सेमिनारहरूमा सहभागिता जनाएका छन्। साथै, बैंकिङ तथा व्यवस्थापन विषयमा उनका पुस्तकहरू र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा अनुसन्धानमूलक लेखहरू प्रकाशित छन्।

लामो समयको केन्द्रीय बैंकिङ नियमन, सुपरिवेक्षण र सुशासनको अनुभवसहित आएका थापाको नियुक्तिले बीमा क्षेत्रमा देखिएका नीतिगत अलमललाई चिर्दै यस क्षेत्रको नियमन, सुशासन र दीर्घकालीन विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS