IME Life New

आइएमई लाइफको बिग सावधिक जीवन बीमा योजना सार्वजनिक, यस्ता छन् विशेषता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लक्ष्मीपूजाको पावन अवसरमा कात्तिक २२ गते लोयल्टी बोनस सहितको नयाँ ‘ आइएमई बिग सावधिक जीवन बीमा योजना’ सार्वजनिक गरेको छ ।

बचत र जीवन सुरक्षालाई एकसाथ समेट्ने यस योजनाले बीमालेखलाई निर्धारित अवधिसम्म निरन्तरता दिने बीमितलाई लोयल्टी बोनस मार्फत थप लाभ प्रदान गर्नेछ । यस योजना अन्तर्गत बीमा अवधि समाप्तिसम्म बीमित जीवित रहेमा बीमाङ्क रकम, बोनस तथा लोयल्टी बोनस एकमुष्ट प्राप्त हुनेछ । बीमा अवधिभित्र बीमितको मृत्यु भएमा नियमानुसार बीमाङ्क रकम तथा बोनस र लोयल्टी बोनस भुक्तानी गरिनेछ ।

Esewa
Crest

योजनाका प्रमुख विशेषताहरूमा सहज बीमाशुल्क भुक्तानी, बोनस तथा लोयल्टी बोनसको लाभ, बीमालेख धितोमा कर्जा सुविधा, प्रचलित कानुन अनुसार कर छुट तथा आकर्षक परिपक्वता लाभ रहेका छन् ।

यो योजना १८ देखि ६० वर्ष उमेर समूहका व्यक्तिले खरिद गर्न सक्नेछन् । बीमा अवधि १० देखि २५ वर्षसम्म रहनेछ भने न्यूनतम बीमाङ्क रकम रु. २५,००० हुनेछ । साथै, पूरक करार सुविधा अन्र्तगत दुर्घटना मृत्यु लाभ, बीमाशुल्क मिनाहा, आम्दानी सुविधा, एकमुष्ट भुक्तानी तथा काजक्रिया खर्च जस्ता थप सुविधा समेत उपलब्ध हुनेछन् ।

योजना सार्वजनिक गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले बीमितलाई दीर्घकालीन बचत र जीवन सुरक्षा सँगै थप लाभ प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको बताए । उनले बीमालेखलाई निरन्तरता दिने बीमितलाई प्रोत्साहन गर्दै बीमाप्रतिको जनविश्वास अभिवृद्धि गर्न यस योजनाले सहयोग पु-याउने विश्वास व्यक्त गरे ।

कम्पनीले यस योजना मार्फत ग्राहकको दीर्घकालीन आर्थिक सुरक्षा सुनिश्चित गर्दै जीवन बीमाको पहुँच विस्तार र बीमा क्षेत्रको दिगो विकासमा योगदान पुग्ने विश्वास लिएको छ । थप जानकारीका लागि नजिकैको आइएमई लाइफ शाखा कार्यालय, बीमा अभिकर्ता वा कम्पनीको आधिकारिक वेबसाइट मार्फत सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS