काठमाडौं । हालसम्म दुई वटा फाइनान्स कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । आर्थिक वर्ष २०८३/ ८४ को लागि मञ्जुश्री फाइनान्स कम्पनी र आइसीएफसी फाइनान्स कम्पनीले लाभांश घोाषणा गरेका हुन् । यी कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।
मञ्जुश्री फाइनान्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई कुल २० प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा करसहित १५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर रहेका छन्। कम्पनीले साधारण सभा समेत सम्पन्न गरिसकेको छ ।
त्यस्तै, आइसीएफसी फाइनान्सले हाल कायम चुक्ता पूँजीको १०.५२६३ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले पनि साधारण सभा सम्पन्न गरिसकेको छ ।











