IME Life New

मञ्जुश्री फाइनान्सको १९औँ वार्षिक साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको १९औँ वार्षिक साधारण सभा २०८३ कार्तिक २० गते, शुक्रबार  काठमाडौंको थापागाउँस्थित थापागाउँ ब्याङ्क्वेटमा सफलतापूर्वक सम्पन्न भएको छ।

सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। जसअन्तर्गत १५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) र ५ प्रतिशत बोनस शेयर वितरण गरिनेछ । कम्पनीको यस निर्णयले शेयरधनीहरूलाई प्रतिफल प्रदान गर्नुका साथै संस्थाप्रतिको विश्वास र सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

Esewa
Crest

सभाले ४० करोड बराबरको ८.७५% लाभांश दर कायम गरि मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण हुने गरि अविमोच्य असंचिती अग्राधिकार शेयर (Perpetual Non – Cumulative Preference Share) नेपाल राष्ट्र बैंक लगायत सम्बन्धित नियमनकारी निकायको स्वीकृति प्राप्त भए पश्चात हुने जारि गरि प्राथमिक पुंजी वृद्धि गर्ने प्रस्ताब पारित गरेको छ । साथै आ.व २०८३/८४ को लागि N. K.T. Associates, Chartered Accountants लाई सभाले बाहय लेखापरीक्षक नियुक्ति गरेको छ ।

शेयरधनीहरूबाट प्राप्त सुझाव, प्रतिक्रिया तथा विश्वासलाई कम्पनीले आगामी दिनमा आफ्नो सेवा प्रवाह र व्यावसायिक रणनीतिलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण मार्गदर्शनका रूपमा लिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS