IME Life New

कामना सेवा विकास बैंकद्वारा धरान उप–महानगरपालिकामा डस्टबिन वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय धरान मार्फत धरान उपमहानगरपालिका – १२ को क्षेत्र भित्र सञ्चालित टेम्पु तथा सिटी सफारी चालकहरूलाई डस्टबिन वितरण गरेको छ ।

बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले यातायात व्यवसायी संधका अध्यक्ष मिन कुमार श्रेष्ठ तथा धरान उपमहानगरपालिका १२ का कार्यबहाक मेयर आयन्द« बिक्रम बेघाको उपिस्थतीमा टेम्पु तथा सिटी सफारी चालकहरूलार्ई २०० थान डस्टबिन वितरण गरिएको हो ।

Esewa
Crest

स्वच्छ वातावरण निर्माण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै सार्वजनिक यातायातका साधनहरूमा डस्टबिनको व्यवस्था गर्दा फोहोरमैला व्यवस्थापनमा सहयोग पुग्नुका साथै यात्रुहरूमा समेत सर–सफाइ प्रति सकारात्मक सन्देश प्रवाह हुने विश्वास कोशी प्रदेश प्रमुख भुसालले व्यक्त गरे ।

त्यस्तै, स्वच्छ, सफा तथा वातावरण मैत्री बनाउने उद्धेश्यले टेम्पुमा यात्रा गर्ने यात्रुहरुलाई फोहोर जथाभाबी नफाल्न प्रोत्साहित गर्नु र नगरको स्वच्छता तथा वातावरण संरक्षणको लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास यातायात व्यवसायी संधका अध्यक्ष श्रेष्ठले व्यक्त गदैं बैंकलाई धन्यवाद ज्ञापन गरे ।

बैंकले आफ्नो व्यावसायिक गतिविधि सँगै समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात् गर्दै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, सामाजिक सचेतना तथा समुदायको हितसँग सम्बन्धित विभिन्न सामाजिक कार्यहरूमा निरन्तर सहभागिता जनाउँदै आएको छ । यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमहरुलाई निरन्तरता दिने बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS