IME Life New

नेपाल लाइफको नाफा २८ प्रतिशतले घट्यो, खुद र कुल बीमाशुल्कमा सामान्य वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८३।८४ को प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनकिो नाफा घटेको छ भने अन्य सूचकमा सामान्य सूधार देखिएको छ ।

वित्तीय विवरणअनुसार चालु वर्षको असोजसम्ममा कम्पनीले  १५ करोड ३५ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्ष २०८२।८३ को असोजसम्ममा कम्पनीले २१ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा २८ दशमलव ७४ प्रतिशतले घटेको हो ।

Esewa
Crest

९ अर्ब ४८ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको समीक्षा अवधिसम्म महाविपत्ति कोषमा १ अर्ब ५५ करोड ६४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ९२ करोड ८६ लाख रुपैयाँ र अन्य इक्विटीमा १४ करोड ८९ लाख रुपैयाँ रहेको छ।

त्यस्तै, अघिल्लो वर्ष असार मसान्तसम्ममा महाविपत्ति कोषमा १ अर्ब ५४ करोड ३६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७९ करोड ९० लाख रुपैयाँ र अन्य इक्विटीमा १२ करोड ९० लाख रुपैयाँ थियो।

चालु वर्षको पहिलो ३ महिनामा कम्पनीको जीवन बीमा कोषमा २ खर्ब ८६ अर्ब ४६ करोड ८५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षमा जीवन बीमा कोषमा २ खर्ब ४५ अर्ब ४९ करोड ९७ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार बढेको छ ।

समीक्षा अवधिसम्ममा कम्पनीले १४ अर्ब ८६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको असोजसम्ममा कम्पनीले १३ अर्ब ५० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन सामान्य बढेको छ ।

कम्पनीले चालु वर्षको असोजसम्ममा १४ अर्ब ७१ करोड ६४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनीले १३ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन पनि १० प्रतिशतले बढेको छ।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ६ रुपैयाँ ४८ पैसा कायम भएको छ। पीई रेसियो ११४.६५ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ७८ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS