IME Life New

पेसागत बीमा अभिकर्ता संघले प्राधिकरणका नवनियुक्त अध्यक्ष थापालाई सुझावसहित दियो बधाइ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पेसागत बीमा अभिकर्ता संघ नेपालले नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष डा राजन विक्रम थापालाई भेटेर बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

प्राधिकरणमै पुगेर संघका अध्यक्ष ओमबहादुर केसीको नेतृत्व रहेको टोलीले नवनियुक्त अध्यक्ष थापालाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका हुन्। यसका साथै टोलीले बीमा नियमावलीमा रहेका केही व्यवस्थाले अभिकर्ता पेसा प्रभावित हुने गुनासो पनि गरेको छ।

Esewa
Crest

संघका अध्यक्ष केसीले बीमा नियमावलीमा भएका परिच्छेद १० का ४२, ४३ र ४४ उपदफामा अभिकर्ताको असहमति रहेको बताए। ‘नयाँ अध्यक्षले ती नियम संशोधन गर्दै बीमा व्यवसाय वृद्धि गर्न र भोलिको पिढीलाई यो पेसामा आकर्षित गर्ने खाल्का व्यवस्था गर्नुहुन्छ भन्नेमा हामी आशावादी छौँ’, उनले भने।

भेटमा अध्यक्ष थापाले सबै सरोकारावालाहरुसँग तिहार पछाडि बीमा व्यवसायलाई मजबुत र मर्यादित गराउन तथा सबैलाई बीमाको पहुँचभित्र ल्याउन छलफल गर्ने प्रतिबद्धता गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS