IME Life New

जीवन बीमा अभिकर्ता परीक्षामा नक्कली परीक्षार्थीको बिगबिगी, ४१ जनामाथि कारबाही

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ता परीक्षामा अनियमितता गर्ने ४१ जनामाथि कारबाही गरेको छ।

प्राधिकरणले आईआरएमआईएस प्रविष्ट गरिएको फोटो भएको व्यक्तिभन्दा फरक व्यक्ति परीक्षामा सहभागी भई अनियमितता गरेको भन्दै ती ४१ जनामाथि कारबाही गरेको छ। यो संख्या जीवन बीमा अभिकर्ता परीक्षामा नक्कली परीक्षार्थीको बिगबिगी नै रहेको देखिन्छ। ती परीक्षार्थी विभिन्न जीवन बीमा कम्पनीबाट अनलाइन परीक्षामा सहभागी भएका थिए।

Esewa
Crest

प्राधिकरणले परीक्षा रद्द गरी ती परीक्षार्थीलाई ३ महिनासम्म बीमा अभिकर्ताको परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरेको छ। कारबाहीमा पर्नेमा आइएमई लाइफबाट सहभागी ३ जना, एसियन लाइफबाट सहभागी २ जना, नेपाल लाइफबाट सहभागी ४ जना, नेसनल लाइफबाट सहभागी १ जना, प्रभु महालक्ष्मी लाइफबाट सहभागी ६ जना, मेटलाइफबाट सहभागी ३ जना, रिलायबल नेपाल लाइफबाट सहभागी ३ जना र लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)बाट सहभागी १ जना छन्।

यसैगरी सन नेपाल लाइफबाट सहभागी ३ जना, सानिमा रिलायन्स लाइफबाट सहभागी ३ जना, सिटिजन लाइफबाट सहभागी ६ जना, सूर्यज्योति लाइफबाट सहभागी ३ जना र हिमालयन लाइफबाट सहभागी ३ जनामाथि पनि प्राधिकरणले कारबाही गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS