IME Life New

खारेज भएको एजेण्ट लाइसेन्स नविकरण गर्न पाँच वर्षको मोहलत दिने गरी बीमा ऐन संशोधनको प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले बीमा ऐन २०७९ का केही प्रावधानहरू संशोधनको प्रस्तावसँगै मध्यस्थकर्ता ( अभिकर्ता समेत ) को इजाजत पत्र नविकरणका लागि पाँच वर्षको मोहलत दिने प्रस्ताव गरेको छ।

सरकारले केही नेपाल ऐन संशोधनमार्फत् बीमा ऐनको प्रावधानमा संशोधनका लागि तयार पारेको मस्याैदामा बीमा मध्यस्थकर्ताको इजाजत पत्र खारेजी सम्बन्धी हालको प्रावधानमा केही लचकता अपनाउने प्रस्ताव गरेको हो।

Esewa
Crest

मस्याैदामा कुनै बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकले इजाजतपत्र नवीकरणको लागि दफा ९४ बमोजिमको अवधिभित्र निवेदन नदिएमा इजाजतपत्रको अवधि समाप्त भएको मितिदेखि निजको इजाजतपत्र स्वतः खारेज हुनेछ व्यवस्थालाई यथावतै राख्दै स्वतः खारेज भएको बढीमा पाँचवर्ष सम्ममा पुनः ईजाजत लिनु परेमा ईजाजतपत्र शुल्क बराबरको रकम लिई प्राधिकरणले नवीकरण गरिदिन सक्नेछ व्यवस्था थप गरिएको छ।

अभिकर्ता पेशामा केहि समय निष्कृय रहेको वा इजाजत पत्र नविकरणको मितिबारे यकीन जानकारीको अभावमा समयमै नविकरण गराउन नसकेका अभिकर्ताका लागि ऐनको मस्याैदामा समेटिएको प्रावधानले केही राहत दिने भएको छ।

बीमकका अनुसार, हाल बीमा ऐन र नियमावलीमार्फत् बीमा अभिकर्ताको सेवा सुविधाहरूमा गरिएको कसिकसाउ, शैक्षिक योग्यतासँगै पहिलेको तुलनामा दोब्बरभन्दा महँगो इजाजत पत्र शुल्क र अनिवार्य अनलाइन परिक्षा सम्बन्धी व्यवस्थाका कारण नयाँ अभिकर्ता उत्पादनमा चुनाैती देखिएको छ।  पुराना अभिकर्ताको इजाजत पत्र ब्यूँताउनका लागि दिइएको मोहलतले निष्कृय अभिकर्तालाई सकृय बनाएर पुनः पेशामा ल्याउन सहयोग पुग्ने बीमकको भनाई छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS