IME Life New

भाटभटेनी ग्रुपले सञ्चालनमा ल्याएको गार्मेण्टले थाल्यो परिक्षण उत्पादन, चाँडै बजारमा ल्याइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) मा निर्माणाधीन ‘गार्मेन्ट गियर प्रालि’ ले आफ्नो उत्पादन शुरू गरेको छ। भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र लिटल एन्जल्स ग्रुपका उमेश श्रेष्ठको लगानी रहेको यो उद्योग यो गत वर्ष शिलान्याश गरिएको थियो ।

लगानी र उत्पादन क्षमताका हिसाबले यो नेपालको ठूला गार्मेण्ट उद्योगमध्येको हो । भाटभटेनी सुपरमार्केटमा बिक्री भइरहेका उत्पादनहरूमध्ये तयारी पोशाकमा राम्रो नाफा र  संभाव्यता देखेपछि भाटभटेनी समूहले आफैंले उत्पादन थालेको हो । अहिले पनि भाटभटेनीले अधिकांश स्थानीय उत्पादकका तयारी पोशाक बिक्री गरिरहेको छ।

Esewa
Crest

उद्योगले कामदारहरूको दक्षता अभिवृद्धिका लागि व्यवसायीक र अनुभवी प्रशिक्षकमार्फत् ८ हप्ताको तालिममा कामदारहरू सहभागि गराएको थियो ।

व्यापारीद्वय मीनबहादुर गुरुङ र उमेश श्रेष्ठले १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लगानी गरेको यो उद्योगको परिसरमा १ लाख ५० हजार वर्गफिट क्षेत्रफलमा फैलिएका ९ वटा भवन तयार पारिएका छन्।

उद्योगलाई अर्द्ध स्वचालित प्रविधिमा आधारित बनाइएको छ, जहाँ जापान, चीन, इटली, हङकङ र सिंगापुरबाट ल्याइएका आधुनिक मेसिनहरू जडान भइरहेका छन्। पूर्ण वातानुकूलित संरचना, क्यान्टिन, मेडिकल युनिट, आराम कक्ष र कामदारका लागि सुविधाजनक शाैचालयको व्यवस्था छ।

लन्डनस्थित ‘सेडेक्स’ लगायतका अन्तर्राष्ट्रिय लेखापरीक्षण संस्थाबाट नैतिक व्यापार, आपूर्ति शृंखला र सामाजिक उत्तरदायित्वको प्रमाणपत्रसमेत उद्योगले प्राप्त गरिसकेको छ।

उद्योगले भित्रि पहिरन बाहेक महिला, पुरुष र बालबालिकाका लागि टी-सर्ट, ट्राउजर, ट्र्याकसुट, सर्ट, पेन्ट, हाफ पाइन्ट, ज्याकेट लगायतका क्याजुअल तथा स्पोर्ट्सवेयर उत्पादन गर्नेछ। मासिक ३ लाख देखि ४ लाख थान र वार्षिक ३५ लाख देखि ५० लाख थान कपडा उत्पादन गर्ने क्षमता रहेको छ।

सेजको नियमअनुसार निर्यातकर्ता उद्योगको मान्यता प्राप्त गर्न कम्तीमा ६० प्रतिशत निर्यात गर्नुपर्ने भएपनि कम्पनीले ७० प्रतिशत उत्पादन भारत, युरोप, अमेरिका, मध्यपूर्व र जापानमा निर्यात गर्ने योजना छ। बाँकी ३० प्रतिशत देशभरका भाटभटेनी सुपरमार्केटलगायत अन्य बजारमा बिक्री गर्ने लक्ष्य राखेको छ।

यो उद्योगले पहिलो चरणमा ४०० जनालाई रोजगारी दिनेछ। तीन महिनापछि दोस्रो चरणमा थप ४०० जना र आगामी आर्थिक वर्ष २०८४/८५ को सुरुवातसम्ममा तेस्रो चरण पूरा गरी कुल १,२०० जनालाई प्रत्यक्ष रोजगारी दिने योजना छ।

२०८२ जेठ २१ गते शिलान्यास गरिएको यो उद्योग आर्थिक सुस्तता र भदौको ‘जेनजी आन्दोलन’ लगायतका कारणले तोकिएको समयभन्दा केही महिना ढिला गरी सञ्चालनमा आएको हो। उद्योगका लागि कच्चा पदार्थ (कपडा) हाल भारत, चीन, थाइल्यान्ड र बंगलादेशबाट आयात गरिँदै छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS