IME Life New

लन्च ब्रेकमा किनेको एउटा टिकट भयो बेकार, अर्को रु. ५० डलरको टिकटले बनायो मालामाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी महिला एन्ड्रिया रोथवेलका लागि ‘जब भगवानले दिन्छन्, उनले प्रशस्त मात्रामा दिन्छन्’ भन्ने भनाइ सत्य साबित भएको छ।

वारेन काउन्टीकी निवासी ६१ वर्षीया एन्ड्रिया आफ्नो लन्च ब्रेकमा थिइन्। जब उनले पेन्सिलभेनियाको यंग्सभिलमा रहेको टप्स फ्रेन्डली मार्केट्सबाट स्क्र्याच–अफ टिकट किनेकी थिइन्। जहाँ उनी काम गर्छिन्। उनको पहिलो टिकट खाली आयो र उनी जानै लाग्दा उनले फेरि प्रयास गर्ने निर्णय गरिन्। उनी फर्केर गइन् र अर्को टिकट किनिन्। जसले उनको भाग्य बदलिदियो।

Esewa
Crest

यो टिकटले एन्ड्रियालाई १० लाख डलर (लगभग १४ करोड ४८ लाख रुपैयाँ) को पुरस्कार जित्यो। पेन्सिलभेनिया लटरीका लागि एक बयानमा उनले भनिन्, ‘हामी प्रायः अर्को टिकटमा मानिसहरु जितेका बारेमा सुन्छौँ। म खुसी छु कि म फर्किएँ र ठूलो रकम पाएँ।’

रोथवेलले पुरस्कार जितेपछि पनि उही पसलमा काम गरिरहने निर्णय गरेकी छन्।

रोथवेल पेन्सिलभेनियाको यंग्सभिलमा रहेको टप्स फ्रेन्डली मार्केट्समा डेरी र फ्रोजन फूड्स प्रबन्धकका रुपमा काम गर्छिन्। त्यहाँ उनले आफ्नो लन्च ब्रेकको समयमा टिकट किनेर १० लाख डलर जितिन्। उनले यो टिकट ५० डलरमा किनेकी थिइन्। यद्यपि, १० लाख डलर जित्नुको अर्थ रोथवेल यो पैसाले अवकाश लिँदैछिन् भन्ने होइन।

एन्ड्रियाले स्पष्ट पारेकी छिन् कि उनी विगत ५ वर्षदेखि काम गर्दै आएको त्यही पसलमा काम गरिरहने छिन्। उनी पैसा लगानी गर्ने र आफ्नो परिवारलाई सहयोग गर्ने योजनामा छिन्।

उनका सहकर्मीहरु एन्ड्रिया रोथवेलको जितबाट अत्यन्तै खुसी छन्। टप्स फ्रेन्डली मार्केट्स जिल्ला प्रबन्धक नेवेलले भने, ‘हामी एन्ड्रियाको जितबाट अत्यन्तै खुसी छौँ।’

पेन्सिलभेनिया लटरी र टप्स फ्रेन्डली मार्केट्सले नोभेम्बर १९ मा यंग्सभिल बरोको २८ रेलरोड एभिन्यूमा अवस्थित सुपरमार्केटमा चेक प्रस्तुतीकरण कार्यक्रम आयोजना गर्यो। पेन्सिलभेनिया लटरीका कार्यकारी निर्देशक ड्र्यू स्विट्कोले भने, ‘हाम्रा विजेताहरुलाई मनाउनु साँच्चै खुशीको कुरा हो। हामी रोमाञ्चित छौँ कि एन्ड्रियाले आफ्नो खाजाको ब्रेकको समयमा लटरीमा आफ्नो मौका लिए र जितिन्।’

लटरी विभागका अनुसार पेन्सिलभेनिया एक मात्र राज्य हो। जसले सबै लटरी आम्दानी ज्येष्ठ नागरिकका लागि कार्यक्रममा लगानी गर्छ। सन् १९७२ मा टिकट बिक्री सुरु भएदेखि यसले यातायात, हेरचाह सेवा, प्रिस्क्रिप्सन औषधि सहायता, वरिष्ठ केन्द्रहरु र खानाजस्ता कार्यक्रममा ३८.२ अर्ब डलर योगदान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS