काठमाडौं । निर्जीवन बीमकहरुको अभिकर्ता कमिसन खर्च १०० प्रतिशतले बढेको देखिएको छ।
कम्पनीहरुले सार्वजनिक गरेका चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो त्रैमास (साउन–असोज)सम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखिएको छ। वित्तीय विवरणअनुसार पहिलो ३ महिनामा १४ वटा निर्जीवन बीमकले अभिकर्ता कमिसनबापत ३७ करोड १३ लाख रुपैयाँ खर्च गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८२।८३ को यही अवधिसम्म कम्पनीहरुले १८ करोड ५१ लाख रुपैयाँ गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरुको खर्च १००.५८ प्रतिशतले बढेको छ।
समीक्षा अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी अभिकर्ता कमिसन खर्च गर्ने र वृद्धिदरका हिसाबले ओरिएन्टल इन्स्योरेन्स रहेको छ। यो कम्पनीले समीक्षा अवधिसम्म ८ करोड ३२ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २ करोड ७८ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको खर्च १९८.७३ प्रतिशतले बढेको छ।
यसैगरी अभिकर्ता कमिसनमा दोस्रो धेरै खर्च गर्ने कम्पनीमा नेसनल इन्स्योरेन्स रहेको छ। चालु वर्षको असोजसम्म कम्पनीले अभिकर्ता कमिसनमा ४ करोड ५६ लाख रुपैयाँ खर्च गरेको थियो। अघिल्लो वर्ष असोजसम्म कम्पनीको यस्तो खर्च १० लाख ७८ हजार रुपैयाँले ऋणात्मक थियो।
तेस्रो धेरै अभिकर्ता कमिसन खर्च गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ। यो कम्पनीले समीक्षा अवधिसम्म ३ करोड ८९ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २ करोड २७ लाख रुपैयाँ खर्च गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको खर्च ७१.१४ प्रतिशतले बढेको छ।
अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म दुई वटा कम्पनी शिखर इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको अभिकर्ता कमिसन खर्च गरेको घटेकोे छ। यस्तो खर्च शिखर इन्स्योरेन्सको ७.२८ प्रतिशत र प्रभु इन्स्योरेन्सको ०.७५ प्रतिशतले घटेको छ।
यसैगरी सबैभन्दा कम कभिकर्ता कमिसन खर्च गर्नेमा राष्ट्रिय बीमा कम्पनी रहेको छ। यो कम्पनीले समीक्षा अवधिसम्म १६ लाख रुपैयाँ ५१ हजार रुपैयाँ अभिकर्ता कमिसन खर्च गरेको छ।
कसको अभिकर्ता कमिसन खर्च कति ?












