काठमाडौं । नेपाली बजारमा आज सुनको भाउमा उच्च गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार ८०० रुपैयाँले घटेको हो।
योसँगै प्रतिततोला सुन २ लाख ४२ हजार ६ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन तोलामा २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ४५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी तोलामा ३ हजार ६५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३ हजार ११० रुपैयाँमा कारोबार भएको थियो।











