IME Life New

वाणिज्य बैंकहरुमा थुप्रियो करिब साढे ४८ अर्बको गैरबैंकिङ सम्पत्ति, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खराब कर्जा असुली सुस्त बन्दा वाणिज्य बैंकहरुमा गैरबैंकिङ सम्पत्ति थुप्रिने क्रम बढेको छ। एकातिर अधिक तरलता बढ्दो क्रममा रहनु र अर्कोतिर नयाँ कर्जा प्रवाहले गति लिन नसक्दा बैंकहरुको वित्तीय स्वास्थ्यमा दबाब बढिरहेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो त्रैमास (साउन–असोज)सम्मको तथ्यांकअनुसार १९ वाणिज्य बैंक (स्ट्यान्डर्ड चार्टर्डबाहेक)मा ४८ अर्ब ४७ करोड ८९ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थुप्रिएको हो। अघिल्लो आर्थिक वर्ष २०८२।८३ को असोजसम्म बैंकहरुमा ४३ अर्ब ४२ करोड ३२ रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा वाणिज्य बैंकहरुमा १२.११ प्रतिशतले गैरबैंकिङ सम्पत्ति थपिएको छ।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा वाणिज्य बैंकहरुमध्ये ५ वटाको गैरबैंकिङ सम्पत्ति घटेको छ भने १४ वटाको बढेको छ। वाणिज्य बैंकहरुमध्ये हिमालय बैंकको सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति रहेको छ भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा गैंकिङ सम्पत्ति सबैभन्दा बढीले बढेको छ। ग्लोबल आइएमई, एनआईसी एसिया, नबिल, कुमारी र एभरेष्ट बैंकले भने गैरबैंकिङ सम्पत्ति घटाएका छन्।

चालु आर्थिक वर्षको असोजसम्म हिमालयन बैंकमा ६ अर्ब ३६ करोड ९१ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकमा ५ अर्ब ९३ करोड ४ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको थियो। अघिल्लो वर्षको तुलनामा यस्तो सम्पत्ति ७.४० प्रतिशतले बढेको छ।

यसैगरी दोस्रो धेरै गैरबैंकिङ सम्पत्ति नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र तेस्रो धेरै प्राइम कमर्सियल बैंकमा रहेको छ। समीक्षा अवधिसम्म नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा ५ अर्ब ८५ करोड १५ लाख रुपैयाँ र प्राइम बैंकमा ५ अर्ब ४९ करोड ७० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ। अघिल्लो वर्ष तुलनामा यस्तो सम्पत्ति नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ५०.९४ प्रतिशत र प्राइम बैंकको २९.११ प्रतिशतले बढेको छ।

सबैभन्दा कम गैरबैंकिङ सम्पत्ति राष्ट्रिय वाणिज्य बैंकमा रहेको देखिएको छ। समीक्षा अवधिसम्म यो बैंकमा २७ करोड ७३ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ। अघिल्लो वर्षको तुलनामा बैंकमा गैरबैंकिङ सम्पत्ति ८.०३ प्रतिशतले बढेको छ।

कुन बैंकमा कति गैरबैंकिङ सम्पत्ति ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS