IME Life New

नागरिक एपमा महिना दिनभन्दा अघिदेखि लगइन समस्या, सरकारलाई छैन चासो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले ‘डिजिटल नेपाल’ को नारा अघि सारिरहँदा सरकारी सेवा प्रवाहको मुख्य डिजिटल प्लेटफर्म मानिने ‘नागरिक एप’ विगत एक महिनाभन्दा बढी समयदेखि प्राविधिक समस्याका कारण अवरुद्ध बनेको छ । एपमा देखिएको प्राविधिक गडबडीका कारण स्वदेश तथा विदेशमा रहेका लाखौं सेवाग्राहीहरू अत्यावश्यक सरकारी सेवाबाट वञ्चित हुनुपरेको छ ।

पछिल्लो समय एप स्वतः लगआउट  हुने र पुनः लगइन गर्ने प्रयास गर्दा मोबाइलमा ओटीपी कोड नआउने समस्या देखिएको छ । ओटीपी आइहाले पनि नागरिकता, राहदानी वा राष्ट्रिय परिचयपत्रको नम्बर र जन्म मिति प्रविष्ट गर्दा प्रणालीले ‘विवरण फेला परेन’ भन्ने सूचना देखाउने गरेको सेवाग्राहीहरूको गुनासो छ ।

Esewa
Crest

यसै समस्याबाट पीडित सेवाग्राही नवराज ढुंगानाले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि पोख्दै नागरिक एपलाई हृदयाघात भएको टिप्पणी गरेका छन् । झन्डै दुई महिनादेखि एप नचलेको, नागरिकता लिंक नभएको र लग इनमा समस्या आउँदा पनि सम्बन्धित निकायले समाधानमा चासो नदेखाएको उनको गुनासो छ ।

नवीकरण गरिएका स्मार्ट लाइसेन्स मुद्रण भएर हात नपर्दासम्म नागरिक एपमा देखिने डिजिटल लाइसेन्स नै सवारी चालकका लागि मुख्य आधार थियो । अहिले एप नचल्दा ट्राफिक जाँच तथा अन्य प्रयोजनमा समस्या भएको छ ।

नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र लिंक नहुँदा एपभित्रका अन्य सरकारी सेवाहरू पूर्ण रूपमा ठप्प भएका छन् । बैंकमा खाता खोल्न वा विवरण अध्यावधिक गर्नका लागि अझै पनि केही बैंकले राष्ट्रिय परिचय पत्र मागिरहेकाले एप्समा लगइन नहुँदा सेवाग्राहीले सेवाबाट वञ्चित हुनु परेको छ। प्रवासमा रहेका नेपालीलाई सास्तीः ससाना प्रशासनिक कामका लागि नेपाल आउन सम्भव नहुने भएकाले विदेशमा रहेका नेपालीहरू झन् बढी मारमा परेका छन् ।

यति लामो समयसम्म सरकारी प्रणालीमा समस्या आउँदा पनि नियामक तथा प्राविधिक निकायले न त कुनै आधिकारिक सूचना जारी गरेका छन्, न त समस्या समाधानको समयसीमा नै तोकेका छन् ।

कार्यालय धाउनुपर्ने बाध्यता हटाउन ल्याइएको डिजिटल प्रणाली महिनौंसम्म अस्तव्यस्त रहँदा गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सूचना प्रविधि विभागको कार्यक्षमतामाथि प्रश्न उठेको छ । सेवाग्राहीहरूले तत्काल प्राविधिक समस्या समाधान गरी एपलाई पूर्ववत् अवस्थामा सञ्चालनमा ल्याउन र समस्याबारे स्पष्ट आधिकारिक जानकारी दिन सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS