IME Life New

नेपालमा औसत दाबी भुक्तानी अनुपात ३२ प्रतिशत, तीन महिनामा २३ अर्ब दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (असोज मसान्तसम्म) मा नेपालको समग्र बीमा उद्योगको कुल बीमाशुल्क संकलनको तुलनामा दाबी भुक्तानी अनुपात करिब ३२ प्रतिशत रहेको छ । नेपाल बीमा प्राधिकरणले मंगलबार जारी गरेको अद्यावधिक तथ्याङ्कअनुसार, यस अवधिमा बीमा कम्पनीहरूले २३ अर्ब रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका छन् ।

चालु आर्थिक वर्षको तीन महिनामा असोज मसान्तसम्ममा करिब १ लाख २० हजार वटा दाबी फर्छ्याैट भएका छन् । समिक्षा अवधिमा बीमा कम्पनीहरूले कुल ७२ अर्ब २० करोड रुपैयाँ बीमाशुल्क संकलन गरे।

Esewa
Crest

प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार कुल बीमाशुल्क संकलनमा जीवन बीमा क्षेत्रको हिस्सा ७८.१ प्रतिशत रहेको छ । निर्जीवन तथा लघुबीमा क्षेत्रको हिस्सा करिब २२ प्रतिशत (क्रमशः २१.१ प्रतिशत र ०.८ प्रतिशत) रहेको छ ।

हाल नेपालमा जीवन बीमा, निर्जीवन बीमा, लघुबीमा र पुनर्बीमा गरी कुल ३७ वटा बीमक कम्पनीहरू सञ्चालनमा रहेका छन् ।

१४ वटा जीवन बीमा कम्पनीहरूले तीन महिनामा ५६ अर्ब ४० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा ७५ हजार ६०९ वटा दाबीमार्फत १४ अर्ब ९० करोड रुपैयाँ भुक्तानी भएको छ। यो रकम तीन महिनाको अवधिमा संकलित बीमाशुल्कको २६ प्रतिशत हो ।

जीवन बीमाको कुल व्यवसायमा शीर्ष तीन कम्पनीहरू नेपाल लाइफ, नेशनल लाइफ र एलआइसी नेपालको कुल हिस्सा ४८ प्रतिशत रहेको छ ।

बीमा प्राधिकरणका अनुसार, १४ वटा निर्जीवन बीमा कम्पनीहरूले १५ अर्ब २० करोड रुपैयाँ बीमाशुल्क संकलन गर्दा ४० हजार ९६७ वटा दाबीमार्फत ७ अर्ब ८० करोड रुपैयाँ भुक्तानी गरेका छन् । निर्जीवन बीमकको दाबी अनुपात ५१ प्रतिशत रहेको छ ।

यसैबाहेक ७ वटा लघुबीमा कम्पनीहरूले ५९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् भने ३ हजार १८८ वटा दाबीबापत ३१ करोड ९० लाख रुपैयाँ भुक्तानी गरेका छन् । लघुबीमाको दाबी अनुपात ५४ प्रतिशत रहेको छ ।

AI generated image

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS