IME Life New

बालेनको भारत भ्रमणमा नेपालको पूँजी बजारको प्रतिनिधित्व गर्दै सागर ढकाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने राजकीय भारत भ्रमणमा नेपालको पूँजी बजार क्षेत्रको प्रतिनिधित्व गर्दै स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल पनि सहभागी हुने भएका छन्। प्रधानमन्त्रीको भ्रमणलाई राजनीतिक तथा कूटनीतिक सम्बन्ध विस्तारसँगै आर्थिक सहकार्य र लगानीका नयाँ सम्भावना खोज्ने अवसरका रूपमा हेरिएका बेला पूँजी बजार क्षेत्रका नेतृत्वकर्ता ढकालको सहभागितालाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का कार्यसमिति सदस्यसमेत रहेका ढकाल प्रधानमन्त्रीसँग भारत जाने ५२ सदस्यीय व्यावसायिक प्रतिनिधिमण्डलमा समेटिएका छन्। उनी नेपालको पूँजी बजार क्षेत्रको प्रतिनिधित्व गर्दै भारत जाने व्यवसायीमध्ये एक हुन्।

Esewa
Crest

नेपालको पूँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र लगानीमैत्री बनाउने विषय अहिले आर्थिक क्षेत्रको महत्त्वपूर्ण एजेन्डा बनेको छ। पूँजी परिचालन, लगानीकर्ताको विश्वास अभिवृद्धि र वित्तीय क्षेत्रको विकासमा नीतिगत सहकार्य आवश्यक भइरहेका बेला भारतीय बजार र त्यहाँको वित्तीय क्षेत्रसँग अनुभव आदानप्रदान गर्ने अवसरका रूपमा उनको भ्रमणलाई लिन सकिन्छ।

भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार हुनुका साथै बैंकिङ, वित्तीय सेवा र पूँजी बजारको क्षेत्रमा पनि महत्त्वपूर्ण अनुभव भएको मुलुक हो। यस्तो अवस्थामा भारतीय व्यावसायिक तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँग हुने संवादले नेपालको पूँजी बजारको सम्भावना र चुनौतीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर प्रदान गर्न सक्छ।

प्रधानमन्त्रीको भ्रमणमा निजी क्षेत्रको उल्लेख्य सहभागिताले आर्थिक कूटनीतिलाई थप प्राथमिकता दिएको देखिन्छ। भ्रमणका क्रममा आयोजना हुने नेपाल–भारत बिजनेस फोरममा दुई देशबीच व्यापार, लगानी, औद्योगिक साझेदारी तथा आर्थिक सहकार्य विस्तारका विषयमा छलफल हुनेछ। यसले निजी क्षेत्रका प्रतिनिधिलाई भारतीय लगानीकर्ता तथा व्यवसायीसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने अवसरसमेत दिने अपेक्षा गरिएको छ।

नेपालको पूँजी बजारमा संस्थागत सुधार, लगानीको दायरा विस्तार र नयाँ वित्तीय उपकरणको विकासका विषयमा बहस भइरहेका बेला भारत भ्रमणलाई अनुभव आदानप्रदान तथा सम्भावित सहकार्यका दृष्टिले उपयोग गर्न सकिनेछ। ढकालको सहभागिताले पूँजी बजार क्षेत्रका मुद्दालाई पनि आर्थिक कूटनीतिको बहससँग जोड्ने अवसर दिएको छ।

यी उद्योगी व्यवसायी पनि जाँदैछन् भारत

प्रधानमन्त्री शाहको भारत भ्रमणमा सागर ढकालसँगै नेपालका प्रमुख व्यावसायिक संगठनका नेतृत्वदेखि विभिन्न क्षेत्रका प्रतिष्ठित उद्योगी तथा व्यवसायी सहभागी हुँदैछन्।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, पूर्वअध्यक्ष भवानी राणा, उपाध्यक्ष कृष्णप्रसाद शर्मा र महानिर्देशक गोपालप्रसाद तिवारी भ्रमणमा सहभागी हुनेछन्। त्यसैगरी महासंघका कार्यसमिति सदस्यहरू सुनिता नेमाफुकी, बटु लामिछाने, उज्ज्वल श्रेष्ठ, निरज काफ्ले र शिवकुमार अग्रवाल पनि टोलीमा छन्।

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी र राजबहादुर शाह पनि भारत जाने सूचीमा परेका छन्। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्रासहित नेपाल–भारत उद्योग वाणिज्य संघका पदाधिकारीसमेत सहभागी हुनेछन्।

यसपटकको भ्रमणमा ऊर्जा, निर्माण, सूचना प्रविधि, पर्यटन, अटोमोबाइल, औषधि उत्पादन, हस्तकला, निर्यात तथा उत्पादनमूलक उद्योगका प्रतिनिधिलाई पनि समेटिएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपालका अध्यक्ष मोहनकुमार डाँगी, निवर्तमान अध्यक्ष गणेश कार्की र पुष्कर पौडेल पनि टोलीमा छन्।

त्यस्तै नेपाल निर्माण व्यवसायी महासंघ, नाडा अटोमोबाइल्स एसोसिएसन, होटल एसोसिएसन नेपाल, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल, नेपाल औषधि उत्पादक संघ, नेपाल सफ्टवेयर तथा आईटी सेवा प्रदायक संघलगायत क्षेत्रका प्रतिनिधि पनि भ्रमणमा सहभागी हुँदैछन्।

सरकारले विभिन्न क्षेत्रका उद्यमी व्यवसायी सचिन ढकाल, जीवा लामिछाने, नितेश मालपानी, कल्याण गुरुङ, यमुना श्रेष्ठ, विष्णुकुमार अग्रवाल, दिलीप अग्रवाल, दीपक थापा, सञ्जय काफ्लेलगायतलाई पनि टोलीमा समेटेको छ।

भ्रमणका क्रममा आयोजना हुने नेपाल–भारत बिजनेस फोरमलाई निजी क्षेत्रको सहभागिताको मुख्य अवसरका रूपमा हेरिएको छ। आइतबार साँझ आयोजना हुने डिनरसहितको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्बोधन गर्ने कार्यक्रम छ।

नेपाल र भारतबीच व्यापार, लगानी, ऊर्जा, पूर्वाधार, पर्यटन तथा औद्योगिक सहकार्य विस्तारका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। भारतीय लगानी आकर्षित गर्ने, नेपाली उत्पादनको बजार विस्तार गर्ने र दुई देशका निजी क्षेत्रबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध स्थापित गर्ने अवसरका रूपमा पनि यो भ्रमणलाई हेरिएको छ।

भ्रमणमा सहभागी हुने उद्योगी व्यवसायीले आफ्नो हवाई टिकट र होटल खर्च आफैँ बेहोर्नुपर्नेछ। प्रधानमन्त्रीसँग जाने सरकारी टोलीमा भने ३४ जना सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री शाह आइतबार दिउँसो १:४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत प्रस्थान गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS