IME Life New

नेपाल प्रहरीका कनिष्ठ तहका कर्मचारीको गुनासो सिधै आइजीपीले सुन्ने, गुनासो डेस्क स्थापना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल प्रहरीमा कार्यरत सिपाहि लगायत आधारभूत तहका प्रहरी कर्मचारीको गुनासो प्रत्यक्षरूपमा सुन्नका लागि प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले “आधारभूत तहका प्रहरी कर्मचारीका लागि केन्द्रीय गुनासो व्यवस्थापन डेस्क” सञ्चालनमा ल्याएका छन् ।

प्रहरी कर्मचारीको गुनासोलाइ गम्भीरतापूर्वक सुनुवाइ गर्ने र आवश्यक सम्बोधन गर्ने उद्देश्यले प्रहरी प्रधान कार्यालय नक्सालले यो सेवा सञ्चालनमा ल्याएको हो ।

Esewa
Crest

प्रधान कार्यालयका अनुसार, प्रहरी महानिरीक्षक केसीले नेपाल प्रहरीको आधारभूत तहका प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका ५४ हजार १ सय २२ जना प्रहरी कर्मचारीहरूको मोबाइलमा एकैसाथ गुनासो दर्ताका लागि गुगल फर्म उपलब्ध गराइएको छ।

प्रहरी नियमावली, २०७१ को नियम १९६ बमोजिम कार्यादेश जारी गरी गुनासो सुनुवाइ डेस्कको स्थापना गरेको हो । यो डेस्कले नेपाल प्रहरीमा कार्यरत आधारभूत तहका प्रहरी कर्मचारीहरूको पेसागत तथा सेवागत जीवनलाई थप सुरक्षित, सम्मानित, मर्यादित र न्यायोचित बनाउने उद्देश्य रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS