IME Life New

लघु बीमकको प्रधान कार्यालय तोकिएको प्रदेशमै लैजान प्राधिकरणले दियो निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघु बीमा कम्पनीहरूलाई इजाजत पत्र प्राप्तीका लागि तोकिएको सम्बन्धित प्रदेशमै प्रधान कार्यालय राख्न निर्देशन दिएको छ। इजाजत प्राप्त सात वटै लघु बीमा कम्पनीहरूको प्रतिनिधिलाई प्राधिकरण कार्यालयमा बोलाएर यस्तो निर्देशन दिएको हो।

प्राधिकरण मुख्य कार्यालय कुपण्डोलमा सोमबार आयोजित छलफल कार्यक्रममा प्राधिकरण अध्यक्ष राजन विक्रम थापाले लघु बीमकको प्रतिनिधिहरूलाई यस्तो निर्देशन दिएका हुन् ।

Esewa
Crest

पाँच वर्ष अघि लघु बीमा व्यवसायको इजाजत दिने समयमै सम्बन्धित प्रदेशको प्रादेशिक राजधानीमा प्रधान कार्यालय सञ्चालन गर्ने शर्त तोकेको थियो। प्राधिकरणबाट इजाजत लिनुपूर्व प्रधान कार्यालयको भाैतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन लगायतका निरिक्षण गराउँदा लघु बीमकले सम्बन्धित प्रादेशिक राजधानीमै कार्यालय खोलेका थिए। यो औपचारिकता पुरा भएपछि ती सबै लघु बीमकले काठमाडाैंमा पूर्व तयारी अवस्थामा रहेका प्रोक्सी प्रधान कार्यालय सञ्चालनमा ल्याए । यसको जानकारी प्राधिकरणलाई शुरूवात देखि नै भएपनि इजाजत पत्र जारी गर्दाको शर्त उलंघन गरेकोमा लघु बीमकविरूद्ध कारवाही गर्न सकेन।

नेपाल बीमा प्राधिकरणले कर्णाली प्रदेशका लागि क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई वीरेन्द्रनगर सुर्खेत, गण्डकी प्रदेशका लागि लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सलाई पोखरा, बागमती प्रदेशका लागि नेपाल माइक्रो इन्स्योरेन्सलाई भरतपुर चितवन, सुदूरपश्चिमका लागि प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सलाई धनगढीमा, मधेश प्रदेशका लागि स्टार माइक्रो इन्स्योरेन्सलाई जनकपुरमा, लुम्बिनी प्रदेशका लागि ट्रष्ट माइक्रो इन्स्योरेन्सलाई बुटवलमा, कोशी प्रदेशका लागि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सलाई विराटनगरमा प्रधान कार्यालय स्थापना गर्नुपर्ने शर्त तोकेको थियो ।

प्राधिकरण सम्बद्ध श्रोतका अनुसार, सबै लघु बीमकका प्रमुख कार्यकारी अधिकृत सहित प्रधान कार्यालयको कर्मचारी र कार्य सम्पादनको संरचना काठमाडाैं बाहिर तोकिएको जिल्लामा लैजान निर्देशन दिइएको छ।

‘फोर्सफुलि पठाउने भन्दा पनि इजाजत पत्र लिंदाको शर्तबारे ध्यानाकर्षण गराएर फर्किन प्रेरित गरेका हाैं’, प्राधिकरणका एक अधिकारीले भने, ‘यसमा नियामकीय बल प्रयोग गर्नुपर्ने अवस्था नहोला।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS